पीएसजीमा एम्बाप्पेको सय गोल पुरा

एजेन्सी । केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट सय गोल पुरा गरेका छन् ।

शनिबार राति पीएसजीले मोन्टपेलियरलाई ३–१ ले पराजित गर्ने क्रममा एम्बाप्पले सय गोल पुरा गरेका हुन् ।

एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै कोलिन डाग्बाले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

घरेलु टोलीका स्टेफी माविदिदी ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

मोइस केनले कठिन कोणबाट गोल गर्दै पीएसजीलाई पुन २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको इन्जुरी समयमा एम्बाप्पेले पीएसजीबाट सय गोलको कोशेढुङ्गा पार गरे ।

उनले १ सय ३७ खेलमा सय गोल पुरा गरेका हुन् ।

उनी पीएसजीबाट सय गोल पुरा गर्ने पाँचौ खेलाडी बनेका छन् ।

फ्रान्सका अन्तराष्ट्रिय फरवार्ड १ सय ६५ मिलियन पाउण्डमा पीएसजी आउनु अघि मोनाकोबाट २७ गोल गरेका थिए ।

नेयमारलाई आराम दिईएको खेलमा एम्बाप्पेलाई समेत बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गराईएको थियो ।

तपाईको प्रतिक्रिया