
सल्यान । अर्काको श्रीमती भगाएर तेस्रो बिहे गर्ने सल्यानका वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी गोम्ती बोहरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
घरमा २ जना श्रीमती र दुबै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदा हुँदै तेस्रो श्रीमती बिहे गरेको भनि स्थानीय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई आरोपित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभएको छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको उहाँको भनाई छ । वहुविवाह गर्ने वडा अध्यक्ष पक्राउ नगरेको भन्दै यस अघि स्थानीयको चर्को विरोध थियो । अन्य सर्बसाधारण नागरिकले यस्तै कार्य गरे ठाउँका ठाउँ पक्राउ गर्ने प्रहरी भने यस अघि उक्त कुरामा मुखदर्शक बनेको थियोे ।
















































। १९ मंसिर २०७७, शुक्रबार