साहित्यकार सोमराज खत्रीका चार मुटु हल्लाउने मुक्तक !

सोमराज खत्री 

नलगाड नगरपालीका, जाजरकोट

मुक्तक
विश्वासको नाता आफै तोड्यौ तिमीले
फर्कि फर्कि हेर्दा पनि छोड्यौ तिमीले

छाती चिरी मुटुभित्र राख्दै थिए तिमीलाई
आज सुन्छु अन्तै घरबार जोड्यौ तिमीले

 

मुक्तक
च्यात्यौँ भने हाम्रो माया फेरी पनि टाल्न सक्छु
न्याय माग्न अदालतमा मुद्धा पनि हाल्न सक्छु

गरिबको छोरा हँु महलमा हैन
झुपडीमा भए पनि खुसी साथ पाल्न सक्छु ।

मुक्तक
तिमी बाहेक अर्को मान्छे हेर्न चाहान्न
तिम्रो नाम यो दिल बाट केर्न चाहन्न

तिमी त मेरो मुटु भित्र बसेको मान्छे
यो मुटु कसैसंग अब फेर्न चाहान्न

मुक्तक
मुटु भित्र तिम्रो तस्बिर सजाई राखेको छु
माया गर्छु भन्न पनि लजाई राखेको छु

तिम्रो यादले यो मुटु पोल्ने गर्दा पनि
मष्तिस्कमा तिम्रो याद बजाई राखेको छु ।

तपाईको प्रतिक्रिया