एआइजी हरी बहादुर पाल द्वारा प्रहरी भवन उद्घाटन

No description available.

जाजरकाेट । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरी बहादुर पालले मंगबार जाजरकोटका २ प्रहरी कार्यालयको भवन उद्दघाटन गरेका छन।शिवालय गाउँपालिका ३ मा रहेको इलाका प्रहरी कार्यालय सिमा र भेरी नगरपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय रिम्नाको भवन उद्दघाटन गरेका हुन्।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी बसन्त पन्त पूर्व एसएसपी ईन्द्र न्यौपाने जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जन प्रतिनिधि स्थानीय पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

यसै क्रममा एआइजी पालले जिल्लाकाे शान्ति सुरक्षाको अवस्था बारे जानकारी लिदै नागरिकलाई शान्ति सुरक्षाको अनुभुति गराउन प्रहरीले कर्तव्यबोध सम्झेर काम गर्न निर्देशन समेत दिएका थिए ।समाजमा अपराध न्युनिकरणकाे लागि नागरिक प्रहरी सहकार्यलाई अझ मजभुत र प्रभावकारी बनाउन समेत पालले अनुरोध गरे ।

तपाईको प्रतिक्रिया