उद्योगका नाम मात्र कि काम पनि ?

न सरकारलाई चासो न निजी क्षेत्रलाई

No description available.

कालीबहादुर नेपाली, जाजरकोट । छैठौँ उद्योग दिवश जाजरकोटमा पनि मनाईएको छ । २०७१ चैत २० गते मन्त्रिपरिषद बैठकले मसिंर ९ लाई उद्योग दिवशको रुपमा मनाउने निर्णय ग¥यो । तर २०७२ मा भने सरकारले यो दिनलाई उद्योग दिवशको रुपमा मनाएन । यसवर्ष भने मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय ग¥यो ।

त्यही अनुसार जिल्ला समन्वय समिति जाजरकोटको सभाहलमा केही सरोकारवाला र उद्योगीहरुको उपस्थितिमा उद्योग दिवश मनाईयो । पहिलो उद्योग परिषदको स्थापना दिन २०२९ मंसिर ९ गतेलाई आधार मानेर प्रत्येक बर्ष मनाउने निर्णय गरेको सरकारले चासोको साथ उद्योग दिवशलाई लिएको देखिदैन । जिल्लामा रहेका उद्योगीहरु अहिले कोरोना महामारीका कारण उद्योग क्षेत्र निकै धरासयी बनेको बताउँछन ।

टोनि हेगन रत्नपत्थरका सञ्चालक शुशील रावलले, जाजरकोटका सरोकारवाला तथा स्थानीय सरकारले उद्योग क्षेत्रमा चासो नदेखाएको बताए । उनले भनेर्, उद्योग क्षेत्रको विकासका लागि स्थानीय सरकारको भुमिका जुन हुनुपर्ने त्यो देखिएको छैन ।र्’ स्थानीय सरकारले बाटो, पुल, विद्युत लगायतका क्षेत्रमा विकास गर्ने काममा ध्यान दिएका छन ।

तर उद्योगलाई प्राथमिकतामा राखेको पाईदैन ।’ जाजरकोटको उद्योग क्षेत्रको विकास गर्न स्थानीय सरकारका साथै प्रदेश सरकारले पनि महत्वपुर्ण भुमिका खेल्नुपर्ने उनले बताए । साना उद्योग सञ्चालन गरेको व्यापारीहरुले कर तिर्नका लागि मात्र सुर्खेत जानुपर्ने भएकोले यहाँको उद्योग क्षेत्रको विकास हुन नसकेको जानकारहरु बताउँछन ।

उद्योग क्षेत्रको बलियो सम्भावना बोकेको जिल्लामा नाम का मात्र उद्योग सञ्चालन भएका छन । नुन देखि सुन सम्मको प्रशोधन गर्ने उद्योग सञ्चालन गर्न सके यहाँको विकासमा टेवा पुग्ने उद्योगीहरुको भनाई छ ।

कति छन जाजरकोटमा दर्ता भएका उद्योग ?
जाजरकोट जिल्लामा हाल सम्म २ हजार ३ सय ६१ उद्योग दर्ता भएका छन । जसअन्तर्गत भेरी नगरपालिकामा उत्पादनमुलक २७, कृषि तथा वनमा आधारित ९८, ठेक्का १ सय १६, सिलाई कटाई ३९, मिल २२, सुनचाँदी पसल २१, अन्य ७९, पर्यटन मुलक ५७ खनिज २ गरी जम्मा ४ सय ६१ वटा उद्योग दर्ता भएका छन ।

छेडागाड नगरपालिकामा उत्पादनमुलक ५, कृषि तथा वनमा आधारित ९७ , ठेक्का २७ , सिलाई कटाई ३, मिल ८, सुनचाँदी पसल ४, अन्य १३, पर्यटन मुलक ४१ गरी जम्मा १ सय ९८ वटा उद्योग दर्ता गरिएको छ । नलगाड नगरपालिकामा उत्पादनमुलक ३, कृषि तथा वनमा आधारित ६४, ठेक्का १८ , सिलाई कटाई ५, मिल ७, सुनचाँदी पसल ५, अन्य १३, पर्यटन मुलक १८ सहित १ सय ३४ उद्योगहरु दर्ता भएका छन ।

कुशे गाउँपालिकामा १ सय १२ दर्ता भएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै बारेकोट गाउँपालिकामा ६६, जुनीचाँदेमा ४३ र शिवालय गाउँपालिकामा ३१ वटा उद्योग दर्ता भएको छन । लघुउद्यम अन्तर्गत, भेरी नगरपालिकामा ५ सय ३५, छेडागाडमा २ सय १४, नलगाडमा १ सय ६२, कुशेमा १ सय ३६, बारेकोटमा ७५, जुनीचाँदेमा ५१ र शिवालय गाउँपालिकामा ४३ लद्युउद्यम दर्ता भएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको तथ्यांकमा छ ।

हाल जिल्ला भर २ सय २ उद्यमीहरु रहेका छन । १ सय ५९ पुरुष तथा ४३ महिला रहेका छन । जिल्लामा रहेका उद्योगहरुको न विकास भएको छ । नत सुधार नै भएको छ । देश विकासका लागि उद्योग व्यवसायको महत्वपुर्ण भुमिका रहेको भए पनि नेपालमा सरकारले उद्योग क्षेत्रको विकास खासै चासो देखाएको पाईदैन । कर्णाली प्रदेश सरकारले छुट्याएको बजेट पनि जाजरकोट बाट खर्च नै नभई फ्रिज भएको जानकारहरु बताउँछन ।

तपाईको प्रतिक्रिया