जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको ठाँटीबजारमा पानी छोएको निहुँमा एक दलित महिलामाथि कुटपिट भएको छ । नगरपालिकाको वडा ३ का मनोज शाह र उनकी पत्नी अस्मिता सिंह शाहले स्थानीय महिला संगीता सुनार माथी पानी छोएको निहुँमा कुटपिट गरेका हुन ।
ठाँटी बजारमा रहेको धारामा पानी भर्न गएकी संगीता माथी अस्मिताले मेरो पानी किन छोएको भन्दै गाली वेज्जती गरेको पीडित संगीताले बताईन ।
उनले भनिन्, “अपराहन ४ बजेको समयमा धारामा पानी भर्न गएकी थिए । उनले दुई वटा गाग्री लिएर गएकी थिइन् । एउटा भरेर घर लगिन् । अर्काे लिन आएको वेला तँ डुमले मेरो गाग्रीको पानी छोएको भन्दै लछाड पछाड गरिन् ।” धारामा हल्का विवादपछि घर लागेकी संगितालाई वेलुकी ६ बजे श्रीमान र श्रीमती आई हातपात गरी निर्घात रुपमा कुटपिट गरेको स्थानीयहरुको भनाई छ ।
वेलुकाको समयमा पसलमा व्यापार गर्दै बसेकी संगिता माथी जातीयताको अलंकार बोकेका मनोज र अस्मिताले अपशब्द मात्र प्रयोग गरेनन, हातपात गरी शरीरमा निलडाम हुने गरी कुटपिट गरेको पीडित संगीताका श्रीमान विनोद सुनारले जानकारी दिए । वेलुकीको समयमा संगीतालाई पानी छोएको निहुँमा कुट्नु मानवअधिकार विपरीत भएको दलित अधिकारकर्मी गोपाल नेपालीले बताए ।
उनले भनेर्, २१ औँ शताब्दीमा पनि पानी छोएको निहुँमा दलित महिलालाई निर्घात कुटपिट गर्नु कानुनी राज्यको धज्जी उडाउनु हो ।’ दलित महिला माथी कुटपिट गर्ने मनोज र अस्मितालाई जिल्ला प्रहरी कार्यालयले तत्काल प्रक्राउ गरेको छ । अहिले उनीहरु हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जातीय छुवाछुत तथा भेदभाव कसुर सम्बन्धी मुद्धा दर्ता भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पछिल्लो समय दलित समुदाय माथी देशभर जातीय विभेदका घटना घटिरहेका छन ।
कारबाहीको माग गर्दै संघ संस्थाको विज्ञप्ती
भेरी नगरपालिका ३ ठाँटी बजारमा पानी छोएको निहुँमा भएको कुटपिट प्रति ध्यानाआकर्षण भएको सम्बन्धीत संघ संस्थाले जनाएका छन । असोज २७ गते बेलुकी ६ बजे स्थानीय संगीता सुनार माथी भएको कुटपिट प्रति दलित संग सम्बन्धीत संघ सस्थाले ध्यानाआकर्षण भएको जनाएका छन ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले प्रेस विज्ञप्ती जारी गर्दै, दलित समाज कल्याण संघ नेपाल भेरी नगर कार्य समिती संयोजक संगिता सुनार माथी भएको जातीय विभेदको घटनाले आम दलित समुदायलाई आघात पुर्याएको जनाएको छ ।
साथै दोषीलाई हदै सम्मको कारबाहीको माग समेत गरेको छ । यस्तै, राष्ट्रिय दलित नेटवर्क जाजरकोटले पनि प्रेस विज्ञप्ती जारी गर्दै, पानी छोएकै निहुँमा दलित महिला माथी भएको कुटपिट प्रति गम्भीर तुल्याएको बताएको छ । विश्व समतामुलक समाज निर्माणमा जुटेको वेला मानवले मानव माथी गरिने विभेद विश्व समुदायका लागि समेत आघात पुग्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपालमा धेरै कानुन बनेका छन तर कार्यान्वयनको खाँचो रहेको राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका अध्यक्ष मानबहादुर सुनारले बताए । उनले भने, कानुन त बनेका छन । तर कार्यान्वयनको एकदमै खाँचो रहेको छ । नेपालमा बनेका कानुनहरुले जातीय विभेदलाई अन्त्यको एकदमै पहल कदमी गरेका छन तर कार्यान्यवन गर्ने निकाय चुस्त हुदाँ दलित समुदायमा निकै समस्या भएको समेत सुनारले बताएका छन ।
दलित समुदाय संग सम्बन्धीत संघ सस्थाले दोषीले कानुन अनुसारको सजाय पाउनुपर्ने कुरामा जोड गरेका छन । पानी छोएकै निहुँमा दलित महिला माथी कुटपिट हुनु संविधान कागजमा मात्र सीमित भएको सरोकारवालाहरुको भनाई छ ।
विज्ञप्ती


















































। १ कार्तिक २०७७, शनिबार