
कालीबहादुर नेपाली
घाइतेको फोटो खिच्नेकी उद्धार गर्ने ?
कर्णाली प्रदेशको अति विकट जिल्ला मध्ये जाजरकोट पनि एक हो । समान्य फोनले काम नगर्ने ठाउँमा कसरी पत्रपत्रिका,अनलाईन,टेलिभिजन, रेडियो चलाउन सकिन्छ होला ? यस्तै विषयमा मैलै पाँच बर्ष यता पत्रकारीता गर्दै गर्दा जाजरकोटमा देखिएका समस्या, चुनौती र अवसरका विषयमा थौरै कलम चलाउने कोसिस गरेको छु ।
नैतिक द्धिविधा पत्रकारहरुको दैनिक कार्यसँग सधैँ अभिन्न रहेको हुन्छ । आफ्ना कामका क्रममा उनीहरुले विकल्पहरु मध्ये कुन गलत र कुन सही हो वा कम्तीमा पनि कुन भन्दा कुन चाँहि राम्रो हो भन्ने निर्णय क्षण क्षणमा गुनुपर्ने हुन्छ । जस्तै पत्रकारले कुन कुन नियममा पदाधिकारीका रुपमा कार्यरक्त रहदै पत्रकारीता पनि गर्न मिल्ने वा नमिल्ने अनि कुनै दल विशेषको कार्यकर्ता पनि भएको कारणले यस्तो पत्रकारको पत्रकारीता कर्ममा सन्तुलन वस्तु निष्ठता एंव निष्ठता एवं निष्पक्षता कसरी कायम गर्ने भन्ने जस्ता विषयको अनर्थमा नैतिकताको सवाल नंै रहेको छ ।
एक पत्रकारका रुपमा मैले के गरे भने नैतिक हुन्छ ? वा एक पत्रकारका रुपमा मैले जे गरीरहेको छु त्यो नैतिक छ ? भन्ने प्रश्नहरुले आफ्ना कामलाई नैतिकता वा अनैतिकताको मापदण्डमा जाँच परक गर्ने प्रकृतिलाई देखाउँछन । पत्रकारका रुपमा आफ्नो कार्यलाई व्यवसायिक धर्म अनुसार पुरा गरी त्यस मार्फत उत्तरदायित्व निर्वाह गर्नु नै पत्रकारको कर्तव्य हो । पत्रकारीताको सिद्धान्त नैतिकता एवं आचार सिंहताको पालना गर्नु नै व्यवसायिक धर्म हो ।
कुनै जमाना थियो जव पत्रकारलाई समाजका जान्ने, बुझ्ने, अगुवा, विचार निर्माता र मार्ग दर्शक अभियान्ता भनिन्थ्यो ।
व्यवसायिक पत्रकारीताको समकालिन मान्यताका चाँहि पत्रकारलाई त्यस्तो पेसेवर सञ्चारकर्मी भनिन्छ, जो निष्ठ एंव निष्पक्ष रहन्छ र विभिन्न स्रोत बाट हासिल गरेका समाचार योग्य सुचनालाई व्यवसायिक स्तरको समाचार सामाग्रीका रुपमा अभि निर्माता एंव उत्पादन गर्दछ ।
वकिल, डाक्टर,लेकचर बन्न न्युनतम मापदण्ड तोकिए जस्तै पत्रकारीता यस्तो पेशा हो जसले एक्लै पल्ट कयौँको जीवन वर्वाद पनि पारिदिन सक्छ । यसका पाठक धेरै हुन्छन । साक्षर हुने वितिकै पत्रकार बन्ने परिपार्टीले पनि यो क्षेत्र भयानक दुर्घटनाको सिकार बन्न सक्छ ।
मिडियामा हरेक प्रकारका विषय वस्तुहरुले उचित स्थान पाउने गर्छन । विशेषत नेपालमा राजनितीक,आर्थीक, सामाजिक, स्वास्थ्य,महिला, मनोरञ्जन र खेलकुद लगायतका विषय वस्तुहरुले नै प्रमुख स्थान आगटने गर्छन । यी विषय वस्तुहरुलाई प्रस्तुत गर्दा चुनौतीहरु के कस्ता छन भन्ने र सबै भन्दा पहिला विचार गर्नुपर्छ । कसरी निष्पक्ष, प्रभावकारी र सन्तुलित रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विचार पुर्याउनु पर्छ ।
समाचार के हो ? लेख केहो ? फिचर कस्तो हुन्छ ? आचार संहिताले के भन्छ ? जस्ता समान्य कुराको पनि कतिले हेक्का राखेका छैनन ।
आर्थीक समस्या,भौतिक समस्या तथा प्राविधिक असुविधा, सुचना प्राप्त गर्न समस्या,विज्ञापनको अभाव, अस्वस्थ प्रतिस्पर्धा, पेशागत असुरक्षा,वितरणको समस्या, अवसरको कमी,पेशागत असुरक्षा,वितरणको समस्या, सीप र दक्ष जनशक्तिको अभाव तथा अवसरको कमी जस्ता समस्या बाट जाजरकोटको पत्रकारीता सधै प्रभावित छ ।
सिगान निकालेको बालकको सिगान पुच्छने किन फोटो खिच्ने ?
जाजरकोटको पत्रकारीताको गुणस्तर नबन्नुमा मिडिया, र सञ्चालकहरुमा व्यवसायिकताको अभाव र प्रत्रकारहरुमा ज्ञान सीप र दक्षताको भन्दा अपवित्र पत्रकार प्रचलन दुवै कारण छन ।
कुनै पत्रकारीताको नाममा राजनीतिक गर्नुपर्ने, कुनै स्कुलमा पढाउने देखि पत्रकारीता गर्नेले पनि
समय मिलाएर स्थानीय मिडिया देखि केन्द्रका पत्रिका, रेडियो,टिभी, अनलाईन सम्म एउटै समाचार पठाएर खुद्र रकमबाट खर्च चलाउनुपर्ने अवस्था पनि साँच्चै दयनिय छ ।
स्रोत साधनको अभाव छ । चार पाँच हजारमा महिनाभर काम गर्नुपर्ने अवस्था छ । नियूक्ति पत्र छैन, भौतिक सुरक्षा पनि छैन , अनि कसरी राम्रो पत्रकारीता हुन्छ र खासमा जाजरकोटमा पत्रकारीता गरेर घरपरिवार पाल्न त के कुरा आफु बाँँच्नै नसक्ने अवस्था छ ।
स्थानीय मिडियालाई आर्थीक संकट बाट मुक्त गर्नका लागि स्थानीय विज्ञापन समानुपातिक रुपमा स्थानीय मिडियालाई लगानी र प्रविधिमा सहयोग,तालिम र अवसरको व्यवस्था लगायतलाई कार्यान्वयन गर्नुपर्छ ।
अहिले पत्रकारीतामा सबैको आकर्षण बढ्दो छ । संगसंगै विगतमा पत्रकारीताको जुन ओज थियो त्यो पछिल्लो समयमा अलि घट्दै गएको छ । अहिले पनि पत्रकारीता, पढेको पनि पत्रकारीता नपढेको पनि पत्रकार, कविता लेख्ने पनि पत्रकार यो प्रवृतिले पछिल्लो समय पत्रकारको सम्मान भन्दा अपमान हुने गरेको छ । यहाँ सच्चा पत्रकारहरुको कुनै मान्य छैन । भियमा हो हल्लाका रुपमा चलेका पत्रकारहरु सम्मानित हुने गरेको छन ।
















































। १ कार्तिक २०७७, शनिबार