जाजरकोटमा सबैखाले मेलामा रोक


जाजरकोट  । कोरोना संक्रमण बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको छ । जाजरकोटमा घटस्थापना देखि धार्मिक र परम्परागत मेलाहरु लाग्छन् ।

ती सबै मेलालाई रोक्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो । सामाजिक दूरी कायम गरी सतर्क व्यवहारमा धार्मिक कार्य गर्न भने छुट दिइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

‘सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो प्रशासकीय अधिकृत हरीप्रसाद देवकोटाले जानकारी दिए । जिल्लामा दसैं देखि धार्मिक, परम्परागत तथा पर्व विशेषका मेलाहरु हप्तैपिच्छे लाग्छन । प्रशासनले सुचना जारी गरे संगै जिल्लामा सञ्चालन हुने सबै खालका मेला स्थगित भएका छन ।

तपाईको प्रतिक्रिया