सहिद परिवारकी छाेरीकाे राष्ट्रपतिलाई चिठ्ठी

सम्माननिय राष्ट्रपति ज्यु हजुर लाई सञ्चै छ भन्ने आशा गरेको छु । म हजुर कै देशको एक नारी । हाम्रो राष्ट्रको राष्ट्रपति पदमा हुनुभएको गौरवान्वित थिए । म कुनै समय नारी लाई ५० प्रतिशत कोटा चाहिन्छ , भन्दै सडक चिच्याउँदै कति कति ठाँउ मा हिडे ।

आज एउटा नारी राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर दिन रात साना नाबालक बलात्कृत हुँदा पनि कुनै किसिम को न्याय नदिने कस्ती आमा हो तपाइँ ? हामीले हाम्रो मुलुकमा को संग न्याय माग्ने अब १ आज हामी नारी हरु आफ्नै दजुभाइ बुबा अन्कल संग डराउनुपर्ने अवस्था आएको छ ।

ती निर्मला सम्झना बहिनीहरुले न्याय कहिले पाउने । यो देशमा नारीहरुले सुरक्षित महसुस कहिले गर्न पाउने ?

तपाईं एउटा आमा भएर हजारौ छोरी बलात्कार हुँदा टुलुटुलु हेरेर कहिले सम्म बस्नेहरु हामी छोरी हरुलाई न्याय दिन सक्नुहुन्न भने तपाईको त्यो गरिमामय पदलाई त्यागदिनुहोस ।
यो देश कि आमा भएर आफू मात्र सुरक्षित भएर कति दिन बस्नेहरु अहिलेको अबस्थामा हामी छोरी हरु एक्लै कतै जानु पर्यो भने हाम्रा पाइला हरु डगमगाउछन । हजुरले हाम्रो आवाज कहिले सुनिदिने हो । हामीले हाम्रो राष्ट्रमा कहिले सुरक्षित महसुस गर्न पाउछौ ?

जबसम्म हाम्रो मुलुक मा बलात्कारीलाई फाँसीको सजाय हुदैन तब सम्म ती अबोध नाबालिका हरु बलत्कार बाट जोगिदैनन ।

यहाँ बाट म हजुरलाई के अनुरोध गर्छु भने हजुर जस्तो सुख र विलासिता को जीवन चाहिदैन, बिन्ती हामी छोरीहरुलाई सुरक्षित हिंड्न् सक्ने बाटो बनाइदिनुहोस ।
           

                   म यहि तपाईंको देशको एक छोरी कला अधिकारी

                             केचनाकेवल ११ झापा

तपाईको प्रतिक्रिया