गत अर्थीक बर्षमा जाजरकोटका स्थानीय तह सफल कि असफल ?

विकासको लहरदेखि कोरोना कहरसम्मको बार्षिक प्रगतिमा

 जाजरकोट । देश संघीयतामा गई सकेपछि  स्थानीय तह देखी केन्द्र सम्म सरकारको गठन भयो । विकास निर्माणमा एकपछि अर्काले सहयोग गर्दै गए । जाजरकोटमा पनि सात वटा स्थानीय तह बनेका छन । स्थानीय सरकार आएपछि नागरिकका समस्या घरदैलोमा नै समाधान हुने गरेका छन । आर्थीक बर्ष २०७६÷७७ मा स्थानीय सरकारले विनियोजित बजेट कति खर्च गरे भन्ने चासो जताततै बढेको पाईन्छ ।

जिल्लाको नलगाड नगरपालिकामा आर्थिक बर्ष २०७६÷०७७ का लागि स्वीकृत बार्षिक कार्यक्रम बजेट अन्र्तरगत पुँजीगत तर्फ १४ करोड ४५ लाख ८६ हजार निकासा भएकोमा १२ करोड ३ लाख ९० हजार खर्च गरि ८३ दशमलब २ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । त्यसैगरी चालुगत तर्फ २५ करोड ९३ लाख ९६ हजार निकासा भएकोमा २३ करोड १ लाख ९४ हजार खर्च गरि ८८ दशमलब ७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।

कोरोना कोषमा ६६ लाख ६ हजार निकासा पाएको नगरपालिकाले ५८ लाख खर्च गरी ८७ दशमलब ७८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिएका छन् । नगर प्रमुख रावलले दिएको जानकारी अनुसार ६५ लाख बार्षिक राजश्व असुली गर्ने लक्ष्य लिएको नगरपालिकाले ४० लाख ३८ हजार ४ सय ६० रुपैया असुली गरेर ६२ दशमलब १३ प्रतिशत प्रगति हासिल गरेको थियो ।

भेरी नगरपालिकाले आर्थिक बर्ष २०७६–०७७ का लागि भेरी नगरपालिकाले बार्षिक स्वीकृत कार्यक्रममा अख्तियारी भन्दा ३ करोड ७८ लाख ५४ हजार २ सय ४९ रुपैया कम निकासा पाएको थियो । नगर प्रमुख चन्द्रप्रकास घर्तीले दिएको जानकारी अनुसार आव २०७६–०७७ मा नगरपालिकाले ५८ करोड ३७ लाख ६१ हजार ५ सय १५ रुपैयाको अख्तियारी प्राप्त गरेको थियो भने, ५४ करोड ५९ लाख ७ हजार २ सय ६५ रुपैयाको निकासा प्राप्त गरेको थियो ।

आर्थिक बर्ष २०७६–०७७ को असार मसान्तसम्म नगरपालिकाको संचित कोषमा ५४ करोड ५९ लाख ७ हजार २ सय ६५ रुपैया जम्मा भएको थियो भने, ४८ करोड ४१ लाख ७ हजार १ सय ६ रुपैया खर्च भएर ६ करोड १८ लाख १ सय ५८ रुपैमा संचित कोषमा बाँकी रहेको नगर प्रमुख घर्तीले जानकारी दिए । संघीय सरकारको राजश्व बाँडफाँडबाट १० करोड ३ लाखको अख्तियारी प्राप्त भएतापनि ६ करोड ८१ लाख ७८ हजार ७ सय ५० रुपैयाको निकासा प्राप्त भएको थियो भने, ३ करोड २१ लाख १२ हजार २ सय ४९ रुपैया निकासा हुन सकेको थिएन ।

संघीय सशर्त अनुदान तर्फ २५ करोड २१ लाख ८५ हजारको अख्तियारी प्राप्त भएतापनि २४ करोड ७६ लाख ३६ हजारको निकासा प्राप्त भएको थियो भने, ४५ लाख ४९ हजारको निकासा हुन सकेको थिएन । प्रदेश सरकारको राजश्व बाँडफाँड तर्फ ११ लाख ९३ हजारको अख्तियारी प्राप्त भएतापनि उक्त रकम निकासा हुन सकेको थिएन । आन्तरिक राजश्व तर्फ १ करोड २५ लाख अख्तियारी प्राप्त गरेको नगरपालिकाले ९८ लाख ८१ हजार ७ सय ९८ रुपैयाको निकासा प्राप्त गरेको थियो भने, २६ लाख १८ हजार २ सय २ रुपैया निकासा गर्न सकेको थिएन ।

संघीय सरकारको वित्तिय समानिकरण अनुदान, संघीय सरकारको सशर्त अनुदान, संघीय सरकारको समपुरक अनुदान, संघीय सरकारको राजश्व बाँडफाँड अनुदान, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान, संघीय सरकारको बिशेष अनुदान र गतबर्षको अल्या सहितको रकम गरेर नरपालिकाको संचित कोषमा जम्मा भएको ५४ करोड ५९ लाख ७ हजार २ सय ६५ रुपैया मध्ये ४८ करोड ४१ लाख ७ हजार १ सय ६ रुपैया खर्च भएर ६ करोड १८ लाख १ सय ५८ रुपैया संचित कोषमा बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण कार्यक्रम चालु र पुँजीगत, पर्यटन पूर्वाधार विकास योजना, समाज कल्याण कार्यक्रम, प्रदेश सरकारको चालु अनुदान (सशर्त, विशेष र समपुरक), पदेश सरकारको पूँजीगत अनदान, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट नगरपालिकालाई प्राप्त भई कोलेनिकाबाट भुक्तानी भएको जम्मा रकम १५ करोड ७६ लाख ५७ हजार ५ सय ८० रुपैयामध्ये ११ करोड ८३ लाख २९ हजार ३ सय ६० खर्च भएको छ भने, ४ करोड ६ लाख ६६ हजार २ सय २० रुपैया फिर्ता भएको छ ।

१ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले आव २०७६–०७७ मा ९८ लाख ८१ हजार ७ सय ९७ रुपैया राजश्व संकलन गरेको नगरपालिकाले जानकारी दिएको छ ।  यस्तै नगरपालिकामा १२ लाख २ हजार असुल गर्नुपर्ने, २९ लाख ३९ हजार कागतजात पेश गर्नुपर्ने, ४६ लाख २६ हजार नियमित गर्नुपर्ने र ७ लाख ८ हजार पेश्की बेरुजु गरि जम्मा बेरुजु ९४ लाख ८५ हजार रहेको नगरपालिकाले जानकारी दिएको छ ।

बारेकोट गाउँपालिकामा आर्थिक बर्ष २०७६÷०७७ मा स्वीकृत बार्षिक कार्यक्रमको कुल बजेट ४२ करोड १९ लाख ९९ हजार मध्ये ३० करोड ३ लाख ७० हजार ७ सय १३ रुपैयाँ खर्च थियो । स्वीकृत बार्षिक कार्यक्रमको गाउँपालिकाले ७३ दशमलब ५५ प्रतिशत बित्तिय प्रगति हासिल गरेको छ भने, ८५ दशमलब १८ प्रतिशत बित्तिय प्रगति हासिल गरेको छ ।

सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, संघको वित्तिय समानिकरण अनदान, प्रदेशको वित्तिय समानिकरण अनदान, राजश्व बाँडफाँडबाट प्राप्त र आन्तरिक स्रोतबाट गरि जम्मा ३८ करोड ५५ लाख ६३ हजार बार्षिक बजेट स्वीकृत भएको थियो भने, ३४ करोड २० लाख ७१ हजार २ सय ५८ रुपैया निकासा भएको थियो । निकासा बार्षिक बजेटबाट गाउँपालिकाले २८ करोड ३५ लाख ८८ हजार ८ सय ८५ रुपैया खर्च गरि ७३ दशमलब ५५ प्रतिशत बित्तिय प्रगति हासिल गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

अन्तर–सम्बन्ध, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, कार्यालय संचालन, स्थानीय साँझेदारी पूर्वाधार कार्यक्रम, संघीय हस्तान्तरण कार्यक्रम, प्रदेशबाट प्राप्त कार्यक्रम र बहुक्षेत्रीय पोषण कार्यक्रम जस्ता विषयगत क्षेत्रमा ७३ दशमलब ५५ प्रतिशत बित्तिय प्रगति हासिल गरेको अध्यक्ष शाहले जानकारी दिएका छन । शिवालय गाउँपालिकामा आर्थिक बर्ष २०७६÷०७७ को लागि स्वीकृत बार्षिक कार्यक्रमको कुल बजेट ३४ करोड १० लाख ५८ हजार ८ सय ६४ रुपैया मध्ये ३१ करोड ७४ लाख ४४ हजार १ सय ५५ रुपैया निकासा भएको थियो । निकासा भएको बार्षिक कार्यक्रमको बजेटबाट २५ करोड ३९ लाख ७१ हजार ३ सय २२ रुपैया खर्च गर्न सफल भई गाउँपालिकाले ८० दशमलब १ प्रतिशत बित्तिय प्रगति हासिल गरेको थियो ।

स्वीकृत बार्षिक कार्यक्रमको कुल बजेटका शिर्षकहरुमा गाउँपालिकाले गत बर्षको अल्या रकम, सशर्त अनुदान, संघीय समानिकरण अनुदान, संघीय सरकारको राजश्व बाँडफाँड, प्रदेश समानिकरण अनुदान, प्रदेश राजश्व बाँडफाँड, आन्तरिक आम्दानि, मुख्यमन्त्री रोजगार कार्यक्रम, एलजिसिडिपि निकासा, सामाजिक विकास कार्यालय, सहकर्मी समाज, प्रदेश विपद व्यवस्थापन र स्थानीय तह धरौटीलाई राखेको छ ।

गाउँपालिकाले चालु खर्च तर्फ १६ करोड ७३ लाख ९१ हजार ६ सय ३८ रुपैया खर्च गरेको छ भने, पूँजीगत खर्च तर्फ ८ करोड ६५ लाख ७९ हजार ६ सय ८४ रुपैया खर्च गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिएका छन् । अध्यक्ष शाहीले दिएको जानकारी अनुसार गाउँपालिकाले चालु तर्फ ६५ र पूँजीगत तर्फ ३५ प्रतिशत खर्च गरेको छ ।

जुनीचाँदे गाउँपालिकाले विनियोजित बजेट  अनुसार ८२.९४ प्रतिशत खर्च गरेको गाउँपालिकाको कार्यवाह अध्यक्ष शीवा आचार्यले जानकारी दिइन । उनका अनुसार, ८५ प्रतिशत वित्तिय प्रगति भएको छ । भौतिक प्रगति ८९ प्रतिशत भएको गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ । छेडागाड नगरपालिकामा कुल ९२.५९ प्रतिशत  खर्च भएको छ ।

तपाईको प्रतिक्रिया