चार महिनापछि कालिमाटी–लिम्सा सडकखण्ड सञ्चालन  भएपछी ‍‍‍‍‍‍ ………………

जाजरकोट  । जाजरकोटको नलगाड हुदै बारेकोट लिम्सा जोड्ने कालिमाटी–लिम्सा सडक अवरुद्ध भएको चार महिना पछि सञ्चालनमा आएको छ । गएको असार २५ गते बाढिपहिरोले अबरुद्ध भएको सडक मर्मत गरेपछि ३३ किलोमिटर दुरीको सडकमा सवारीसाधन चल्न थालेका छन् ।

सडक निर्माण भएको दुई ,तिन महिनामै अबरुद्ध हुँदा स्थानियवासी समस्यामा परेका थिए । सडक खुलेपछि सुपथ मुल्यमा खाद्यान्न लगायतका बस्तु पाइने र किसानहरुले उत्पादन गरेका बस्तुहरु बजार सम्म पु¥याउन सहज हुने भएकाले खुसी भएका छन ।

बर्खा लागे संगै अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । कच्ची सडकका कारण बाह्रै महिना गाडी पुग्न भने सकेको छैन । बारेकोट गाउँपालिकाले करौडौ रकम खर्च गरेपनि बाह्रै महिना सञ्चालन हुन सकेको छैन ।

हिउँद लागे संगै सडक सञ्चालनको काम भईरहेको छ । गाडी पुगेपछि स्थानीयले फुलमालाले स्वागत गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया