छेडागाड विशेष : मजदुरको ज्याला समितीको खल्तीमा, मात्र दुई सयमा हिसाव किताव

एकजनाको प्रतिदिन २ सयमा हिसाव किताव, समितीको हातमा थन्कियो पैसा

12321

कालीबहादुर नेपाली
जाजरकोट  । जिल्लाको छेडागाड नगरपालिका ४ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा श्रमिकले ज्याला नपाएको गुनासो गरेका छन । नगरपालिका बाट पैसा निकालिएको दुई महिना वित्दा समेत श्रमिकले ज्याला नपाएको स्थानीय जयबहादुर थापाले जानकारी दिए । उनका अनुसारर्, नगरपालिकामा ११ लाख विनियोजन गरिएको भन्ने छ ।

त्यसमध्ये ४ लाख ४९ हजार खर्च भएको भनिएको छ ।’ तर खर्च गरिएको रकमको कुनै विल भरपाई लगायत खर्च भएको शीर्षक समेत खुलाईएको छैन । कोरोना महामारीका कारण परिवार पाल्न मुस्किल भएका परिवारहरु काम गरेको ज्याला पाउने आशामा बसेका छन । परिवार पाल्नका लागि काम गरेका मजदुर परिवार तीन महिना सम्म काम गरेको पैसा नपाउँदा परिवार कसरी पाल्ने चिन्तामा भएको एकजना मजदुरको भनाई छ ।

वडा भित्रका अतिविपन्न परिवारले प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका थिए । कामदारले पैसा नपाएको तीन महिना वित्न लाग्यो तर सम्बन्धी निकायले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । ६ महिना सम्म लकडाउन भएका कारण अहिले काम गरेर परिवार पाल्ने मजदुर परिवारलाई के खाने भन्ने चिन्ताले सताएको स्थानीय नीमबहादुर नेपालीले बताए र्। मजदुरले ज्याला नपाउँदा पसलको ऋण बढेको बढ्यै छ ।

ज्याला पाउने आशमा छन । तर पैसा भने उपभोक्ता संयोजकको हातमा थन्किएको छ । यो कस्तो विडम्वना उनले भने ।’ उल्टै रोजगार उपभोक्ता समितीले घाटा लाग्यो भनेर दिने ज्यालाको दररेट घटाउने तयारीमा छ ।

नियम विपरीत मजदुरको ज्याला

छेडागाड नगरपालिका ४ मा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा नियम विपरीत मजदुरको ज्याला निर्धारण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रतिदिन ७ सय १५ ज्याला दर निर्धारण गरिए पनि रोजगार उपभोक्ता समितीले घाटा लागेको भन्दै २ सय ज्याला निर्णय गरेको छ । २ सय ज्याला निर्धारण गरिएपछि कामदारले सबै रकमको सार्वजनिक सुनुवाई गर्न माग गर्दै सुनुवाई नभए सम्म रकम नवुझ्ने बताएका छन ।

एकजना कामदारले भनेर्, हामीलाई नियम अनुसारको ज्यालादर दिनुपर्छ होइन भने, हामी कुनै पनि रकम बुझ्दैनौँ ।’र्, यत्रो समय सम्म हामी पर्खेको के काम सबै सार्वजनिक सुनुवाई गर्नुपर्छ । हामीलाई परिवार पाल्न मुस्किल भएको छ पैसो उहाँँहरुको हातमा थन्किएको छ ।’

समितीको खर्चको मात्र बढाएको अनि कामदारको ज्याला कम निर्धारण गरिएको अनुमान गर्न सकिन स्थानीयले बताए । यसै विषयमा वडामा बनेको रोजगार उपभोक्ताका संयोजकलाई सम्पर्क हुन सकेन । यस्तै, छेडागाड नगरपालिका ४ का वडाध्यक्ष गणेश थापाले समान खरिद गर्दा ४ लाख ५० हजार जतिको भएकोले कामदारको ज्यालामा कम भएको बताए । उनले भनेर्, रोजगार उपभोक्ता समितीका साथीहरुले यस क्षेत्रमा पानीको अभाव भएर, ड्रम, पाईप खरिद गरेका कारण कामदारको ज्यालामा कम भएको हो ।

खरिद प्रक्रियामा ३ लाख भन्दा बढिको गर्न मिल्दैन । उहाँहरुले गरेर काम चलाउनुभयो । अव त्यो पैसा विद्यालयले दिने काम गर्छ ।’ तत्काल वडा कार्यालयमा गएर कामदारको ज्याला दिने व्यवस्था मिलाउने अध्यक्ष थापाले  भने ।

काम भने अति राम्रो गरेका छन । मजदुर परिवारको ज्याला ठग्न नदिने समेत जानकारी दिए । प्रधनमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नं ४ को विद्याज्योती विद्यालयको भवन निर्माण गरिएको थियो ।

गाउँको किचलोले समस्या बनायो ः रोजगार संयोजक
छेडागाड नगरपालिका रोजगार संयोजक धनबहादुर रावतले गाउँको किचलोले समस्या भएको बताएका छन । प्रधानमन्त्री रोजगार अन्तर्गत वडा नं. ४ मा विनियोजन गरेको सबै पैसा उनको भनाई छ । उनले भनेर्, नगरपालिकाले काम गरेका सबै वडामा रकम विनियोजन गरिएको छ । अब वाँकी भने वडा नं. ४ मात्रै हो ।

त्यहाँ पनि हामीले तत्काल सरकारी दररेटका आधारमा रकम वितरण गर्न निर्देशन गरेका छौँ ।’ नगरपालिकाको रोजगार शाखाले पैसा वितरण गरेका, तर वडामा गठन भएको रोजगार उपभोक्ता समितीले वितरण नगरेको उनको भनाई छ ।

वडा भित्रका कामदारलाई तत्काल ज्याला वितरण गरिने, नगरे सबै पैसा फिर्ता मागेर आफुले नै वितरण गर्ने उनले दावी गरे । नगरपालिकामा गत आर्थीक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ९६ लाख रकम आएको थियो । #भेरीमालिका दैनिक#

तपाईको प्रतिक्रिया