कोरोनाको जोखिममा पार्टी प्रवेशको होडवाजी

जनता बचाउन भन्दा कार्यकर्ता थपघटमा सत्ता र प्रतिपक्ष

No description available.

कालीबहादुर नेपाली
जाजरकोट  । कोरोना महामारीले यतिवेला देश आक्रान्त बनिरहेको छ । कोरोना संक्रमणको संख्या दिनप्रति दिन बढिरहेको छ ।

तर जारजरकोटका सत्ता र प्रतिपक्ष दलहरुले यतिवेला पार्टी प्रवेशको होडवाजी चलाईरहेका छन । सरकारमा रहेको नेकपा र प्रमुख प्रतिपक्ष काँग्रेस यति वेला जनता बचाउन भन्दा कार्यकर्ता थपघटमा व्यस्त देखिन्छन ।

बुधबार नेपाली काँग्रेसले कुशे गाउँपालिकामा आफ्ना कार्यकर्ता जम्मा गरी नेकपाका बाट पार्टी प्रवेश गराए । एक स्रोतका अनुसार नेपाली काँग्रेसले गरेको कार्यक्रममा झन्डै ५०÷६० जनाको भेला भएको बताइएको छ । जसमा जनप्रतिनिधी पनि कार्यक्रममा उपस्थित भएका थिए ।

जनप्रतिनीधीले समेत कार्यक्रमको अगुवाई गरेको पाइएको छ । यस्तै नेकपाले पनि आफ्ना कार्यकर्ता काँग्रेस तिर प्रवेश रोक्न बुधबार नै कुशे गाउँपालिकाको घरंगाका एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेशलाई पहिलो प्राथमिकता राखेको थियो । नेकपाले आयोजना गरेको कार्यक्रममा पनि झन्डै ५० देखि ७० जना सम्मको उपस्थिती रहेको श्रोतले जनाएको छ । कोरोनाको जोखिम बढिरहेको वेला राजनीतिक पार्टीले गरेको कार्यक्रमलाई रोक्न कुनै निकायले चासो देखाएको छैन ।

सरकारले कोरोना महामारी फैलन नदिन विशेष सुरक्षा अपनाउन आग्रह गरेपनि जाजरकोटका शिर्ष दलहरुले नियमको उल्लंघन गरेका छन । गाउँमा रहेका जनतालाई कोरोना सर्ने डर भएको स्थानीयले बताएका छन । देश सञ्चालन गर्ने शीर्ष दलहरुले नै नियमको उल्लघंन गरे कसले नियम मान्ने भन्ने समेत प्रश्न उब्जिएको छ ।

कोरोनाको त्रासमा बसेका स्थानीयबासी कोराना सर्ने डरले थुरथुर काप्दै बसिरहेका छन । तर राजनितिक दलहरुलाई भने जनतालाई कसरी आफ्नो कार्यकर्ता बनाउने भन्ने चिन्ताले लाग्ने गरेको छ । जनताको पीडामा मलम लगाउने राजनितीक पार्टीले जनता माथी नै पिडा थपिदिनु लोकतन्त्र नआएको स्थानीयले गुनासो गर्ने गरेका छन ।

जिल्लाका विभिन्न स्थानीय तहमा कार्यकर्ता भेटघाट देखि पार्टी प्रवेशका कार्यक्रम नियमित भईरहेका छन । तर पार्टीका कार्यक्रम रोक्ने, निर्देशन दिने, प्रतिबन्ध लगाउने जस्ता कार्य कुनै सरकारी निकायले गरेको देखिदैन ।

यसरी कोरोनाको जोखिममा पार्टीका कार्यक्रमलाई प्राथमिकता दिने, नेता र कार्यकर्तालाई कारबाही गर्न स्थानीयको माग छ । हामी बाँचे मात्रै, पार्टीको महत्व हुने भन्दै त्रासमा निराश नपार्न स्थानीयले राजनीतिक पार्टीलाई आग्रह गरेका छन । जिम्मेवार पार्टीका जिम्मेवार व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया