
जाजरकाेट । ढुङ्गा प्रहारबाट जाजरकाेटमा एकजनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।
दुई युवाबिच आपसी बिवाद हुदाँ कुशे गाउँपालिका–२ टालेगाउँका २२ बर्षिय अर्जुन सिंहले प्रहार गरेको ढुङ्गा लागेर २१ बर्षिय झलक सिंहकाे मृत्यु भएकाे हाे ।
बिहिबार राति ९ बजे भएको बिवादमा दाइने कन्चटमा ढुङ्गा लागेर गम्भिर घाईते भएका सिंहलाई उपचारको लागि राति नै छेडागाडको बडाबन पुर्याइएको थियो ।
उनको उपचार बडावनमा सम्भव नभएपछि जिल्ला अस्पताल जाजरकोट ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ढुङ्गा प्रहार गर्ने युवक फरार रहेकाे र खाेजतलास भैरहेकाे प्रहरीले जनाएकाे छ ।
















































। ९ आश्विन २०७७, शुक्रबार