विष्णु महर (बटुवा)
बारेकोट,५ जाजरकोट
हालको ठेगाना–भेरीगंगा १२,छिन्चु, सुर्खेत
शैक्षिक योग्यता–बि.एड, (Electrical overseer)
सम्पर्क–९८६६७०३६२८
ईमेल ः [email protected]
मेरो भनाई
नेपाली गजल साहित्यको हिसाबले नेपाल एउटा भरपर्दो स्थान ओगेटेको पाईन्छ । मेरो झण्डै एक दशकको अनुभवले गजल साहित्यलाई एउटा भरपर्दो साहित्य विद्याको रुपमा लिने गरेको छु । के गजल एउटा यस्तो साहित्य विद्या हो । जसले अरु कुनै माध्यमबाट प्रस्तुत गर्न नसकेका विषयवस्तु र सन्देशलाई गजलको माध्यमबाट आम जनसमुदायमा एउटा सकारात्मक सन्देश लिन सकिन्छ र दिई रहेको छ ।
साहित्य एउटा बलियो चिज हो जसले लाखौ मानिसहरुको मानसिकतानै परिवर्तन गर्ने सक्दछ । मान्छेको व्याक्तिगत जिवन शैली समाज समुदायलाई आमुल परिवर्तन गर्न सकिन्छ । कवि लेखनाथ पौडेलको भनाई छ ूउपकारी गुणी व्याक्ति निहुरन्छ निरन्तर, फलेको वुक्षको हागो नझुकेको कहा छ र ूयो भनाईले लाखौ मानिसको मानसिकतालाई परिवर्तन गरेको छ । सत्य र तथ्य घटनालाई गजलको माध्यमबाट बाहिर ल्याउनुमा ठुलो मद्धत गर्दछ ।
त्यसैले गजल एउटा मानिसको जन जिवनलाई खुम्चिएको सोचविचारलाई आमुल परिवर्तन गर्ने भरपर्दो माध्यमको रुपमा लिने गरेको छु । हामी सबैले साहित्य प्रेमी सर्जक श्रष्ठालाई सम्मान प्रोत्साहन गर्न आवश्यक देखिन्छ । आज फेरी वर्तमान समयलाई मध्य नजर गर्दै दुई तिन वटा गजल लेख्ने अनुमती चाहन्छु । तपाईहरुको साथ सर्पोट हौसलाको खाचो छ । कृपया सकारात्मक प्रतिक्रियाको आशा गरेको छु ।
धन्यवाद ।
गजल
बाढी पिडितलाई राहत दिने सरकार कहाँ होला
दुख पिडामा जनतालाई साथ दिने सरकार कहा होलाबस्ने बास छैन, खाने गास छैन पालमा छ जिन्दगी
पुछी लिएको जमिनको मौजात दिने सरकार कहाँ होलाभएको जति बाली पहिरोले, केही खडेरीमा ठिक्क
ति बालीलाई सिचाई वर्षात दिने सरकार कहाँ होलाकोरोनाले, भोकले र बाध्यताले सडकमा छन् लाखौ
लाखौलाई भोक मेटाउने प्रसाद सरकार कहाँ होलागजल
आज चहलपहल रहितको शहर भेटियो
माक्स लगाई बस्नेको जनलहर भेटियोसाहेत विश्वव्यापी माहामारी काेराेनाले होला
गुञ्जयमान सहितको घरहरु भेटियोहजारौ वर्ष शहर बसी गाउँ फर्किए
शहर पर्दैन गाउ भन्नेको लहर भेटियोकाेराेनाकाे नाम सुन्दा मुटु थर्किन्छ हजारौको
हामी सबै सुरक्षित रहौ भन्नेको नजर भेटियोगजल
गोर्खालीको त्यो पुरानो तरबार फेरियो
हुन पनि बारम्बार उसको घरबार फेरियोउस्तै छन् जनताका आवश्यकता अनि दुख
मात्र यहा कुर्सिको लागी सरकार फेरियोहिजो आजको जिवनशैलीको कुनै फरक छैन्
आज आएर छुट्टाछुट्टै व्यवहार फेरियोहिजो ऋषिमुणी गुरुहरुलाई सम्मान गर्थे चेलाले
आजका दिनहरुमा त खास त्यो सस्कार फेरियो
















































। १५ भाद्र २०७७, सोमबार