
जाजरकोट । गत साउन २४ गते गएको पहिरो पीडितलाई समाजसेवी कमारा चदाराले सहयोग गरेका छन ।
नेपाल यूवा परिषद जाजरकोटको समन्वयनमा समाजसेवी कमाराले रु ५ हजार रुपैयाँ सहयोग गरेका हुन । गत साउन २४ गते अविरल बर्षाका कारण आएको पहिरोले नलगाड नगरपालिका ६ का मानबहादुर विकको घर भत्किनुका साथै लाखौँको क्षति भएको थियो । उनीरुको परिवार अहिले छीमेकीको घरमा बसेको छ ।
खाना, लगाउन केही नभएका परिवारलाई मनकारी कमारले थोरै भएपनि समयोग गरेका हुन । ४२ बर्षिय शिक्षण पेशा बाट पेन्सन पाएका चदारा राजनितिज्ञ संगै समाज सेवामा समेत अव्वल देखिन्छन ।
उनले पढाएका धेरै विद्यार्थी अहिले, शिक्षक, डाक्टर लगायतका समाज परिवर्तनका संवाहक भइसकेका छन । उनी तत्कालिन गर्खाकोट गा.वि.सका ईन्चार्ज, नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत थिए । अहिले गाउँमा कृषि पेशामा रमाएका छन । पीडित परिवार जहिले पनि आफ्नो नजरमा बस्ने थोरै भएपनि आर्थीक सहयोग गरेको बताएका छन ।
















































। १५ भाद्र २०७७, सोमबार