पत्रकार गिरिको पहलमा पहिरो पीडितलाई राहत वितरण

राहत संकलन टिमले राहत संकलन अभियान मार्फत उठेको रकम बारेकोटका बाढी प्रभावित हरुलाई वितरण गरेको छ ।
विस्थापितहरुलाई खाद्यान्न लगाएत मृतकका आफन्तलाई केहि नगद पनि वितरण गरेको हो ।

राहत संकलन कोष स्थापना गरि बाढी पहिरो गए लगतै टिमले राहत जुटाउने अभियान जाजरकोटमा सुरु गरेको थियो ।
अभियानको क्रममा विभिन्न ब्यक्तित्वहरुबाट रु. ४,७३,६११ नगद जम्मा भएकोमा १६५ घरधुरिलाई उनिहरुको तत्कालीन समस्यालाई मध्यनजर गर्दै झन्डै ३,८२,६११ बराबरको चामल,नुन,तेल, साबुनहरु वितरण गरेको छ भने बारेकोटका विभिन्न बस्तीका मृतकका आफन्तहरुलाई जम्मा ९१,००० नगद रकम वितरण गरेको छ ।

उल्लेखित सामाग्री सङै नगद रकम राहत संकलन टिम पिडित बस्तिमै पुगि बारेकोट गाउँपालिका वडा न.५ को घाट भन्ने ठाउमा औपचारिक कार्यक्रम गरि वितरण गरेको हो ।

बारेकोटमा गत असार २५ गतेको अबिरल बर्षाको कारण गएको बाडिपहिरो बाट ११ जनाको मृत्यु भएको थियो । यस्तै ३४५ उच्च जोखिममा र ४६ घर धुरि पुर्ण रुपमा बिस्तापित भएका थिए ।
पिडितहरुको घाउमा मलमपट्टी लगाउन यो अभियान सुरु गरिएको र अभियान बाट थोरै भए पनि पीडितहरुलाई राहत पुगेको राहत संकलन टिमका संयाेजक वीर बहादुर गिरिले बताए ।
यस्तै राहत सङ्कलन टिमका सदस्य टकेन्द्र रोकायले यो दुखको घडिमा सहयोग गर्नुहुने सम्पुर्णको नाम बाचन गरि सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
राहत बितरण कार्यक्रममा राहत सङ्कलन अभियानका संयोजक विरबहादुर गिरि,सदस्य टकेन्द्र रोकाय,सदस्य भक्त बहादुर शाही सदस्य लोकेश सिह, नेकपा बारेकोट गाउँपालिका ईन्चार्ज बिष्णु कुमार पुन, नेकपा बारेकोट गाउँ कमिटी सदश्य जनक बहादुर सिह,नेकपा वडा न. ४ सचिब गणेश बहादुर सिंह,
नेपाली काग्रेस वडा न ५ का सभापति मान बहादुर सिंह, राष्ट्रिय युवा संघ नेपालका बारेकोट अध्यक्ष बिनोद राज शाही,नेकपा बारेकोट गाँउपालिका सदस्य प्रकाशमान सिंह,सन्देश सिंह लगाएतका युवाहरूको सहभागीता रहेको थियो ।
राहत संकलन टिमका संयोजक विरबहादुर गिरिको अध्यक्षतामा सम्पन्न भएको राहत बितरण कार्यक्रमको संचालन गोबिन्द बहादुर रोकायले गरेका थिए।
राष्ट्रिय युवा संघ नेपालले पनि आफ्नो अभियान मार्फत संकलित जिन्सी सामाग्रीहरु बारेकोटका बाडी पिडितहरुलाई यस अघि नै वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया