
मुसिकोट नगरपालिका– १२ का एक युवकमाथि खुकुरी प्रहरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २७ गते राति मुसिकोट–१२ जमारुका २२ वर्षीय देवीलाल नेपालीलाई खुकुरी प्रहार गर्ने मुसिकोट–४ सोलावाङका २५ वर्षीय कृष्ण भन्ने लक्ष्मण खड्का, २१ वर्षीय कुमार वन सन्यासी, २४ वर्षीय भूषण खड्का र १८ वर्षीय कुमार भन्ने विकास खड्का पक्राउ परेका हुन् ।
कृष्णाष्टमीको नाच हेर्न सोलावाङबाट जमारु गएका उनीहरूबीच विवाद हुँदा नेपालीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट नेपालीको निधारमा चोट लागेको र उनको नेपालगन्जमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
ज्यान मार्ने उद्योगअन्तर्गत उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
















































। ५ भाद्र २०७७, शुक्रबार