हाँस्ने रहर थियो उसलाई
आफ्ना स-साना खुसीसँग
आफ्ना परिवारसँग
मुसुक्क मुस्कुराएर
आफ्ना साथीभाइसँग
धेरै मायाँ बटुल्ने
रहर थियो उसलाई
!!!
अपसोच!!!!
किताबको झोला बोकेर
विद्यालयबाट फर्कँदै गर्दा
खप्नै नसक्ने तातो आगोले
पोल्यो उसको अनुहार
त्यो पीडामा छट्पटाउँदै
उनी एक्लै रोएर
मागिरहिन् गुहार !!!!!!
मानवता नचिन्ने राक्षसले
उसको अनुहार मात्र चिनेछ
र लगाएछ
त्यो सस्तो तेजाबको
उसको त्यो निर्दोश अनुहारमा
अनौठो कालो दाग
रोइन् चिच्याइन् कराईन् उनी
ऐना हेर्दै डराईन् उनी
त्यो कलिलो उमेरमा
अनुहारमा खनिएको
सस्तो तेजाव
जता ततै किन्न पाए पनि
किन्न पाईनन् उनले
पहिलेको त्यो अनुहार
त्यो सस्तो तेजावको मूल्यमा
किन्न पाइनन् उनले
आफ्नो अनुहारको सौन्दर्य
!!!!!!
हाँस्ने रहर थियो उसलाई
आफ्ना स-साना खुसीसँग
आफ्ना परिवारसँग
मुसुक्क मुस्कुराएर
आफ्ना साथीभाइसँग
धेरै मायाँ बटुल्ने
रहर थियो उसलाई
!!!
अपसोच!!!!
किताबको झोला बोकेर
विद्यालयबाट फर्कँदै गर्दा
खप्नै नसक्ने तातो आगोले
पोल्यो उसको अनुहार
त्यो पीडामा छट्पटाउँदै
आमा !!! आमा !!!!
भनेर चिक्याउँदै
मागिरहिन् गुहार !!!!!!हरेक सन्तानको खुसीका लागि
आफ्नो खुसी बिर्सिने आमा बा
सायद !!!!
भोग्दै थिए
त्यो भन्दा हजारौँ गुणा बढी पीडा
तर नी आँसु भित्र लुकाएर
छोरीलाई
हँसिलो अनुहार देखाएर
भर्न उनमा
आत्मविश्वास
पीडा भित्र भित्रै लुकाउँदै
सम्झाइरहेथे उसलाई
र भनिरहेथे ….
छोरी !!
हामी तिम्रो अनुहारलाई हैन
तिमीलाई माया गर्छौँ
र तिमी त्यो भन्दा राम्री छौ
जति तिमी
पहिले थियौ !!!!:!:अर्जुन दुलाल (रविन)
वि . एड. प्रथम बर्ष श्री गरुवा बहुमुखी क्पाम्पस माई नगरपालिका, इलाम ।
कविता : अनुहार लुटिएकी नारी
अर्जुन दुलाल (रविन)
तपाईको प्रतिक्रिया

















































। ३ भाद्र २०७७, बुधबार