छन्द: शार्दूलविक्रीडितसारा बर्ष रुदै रुदै बितिगयो, सम्झेर बाबा भनी ।एकै क्षण् मुटु एउटा चुडिलियो, झम्टेर दुष्टै बनी ।।कस्तो दैव रहेछ छिद्र मनको, एक्लो बनाई दियो ।खेल्थे साथ भनेर बा अब कठै, शब्दै हराई दियो ।।मेरा बालक काल काख ल सधै, हाँसेर बाबा सितै ।निद्रा लागि निदाउथे पिठिउमा, खेलेर बाबा सितै ।।बोल्थे लाैन भनेर चुम्बन गरी, हाँसो सितै हाँस्दथे ।।पर्दा कष्ट जुटेर हातसित मै, तानेर नै नाँच्दथे ।।गर्थे प्रेम सधै भरी म गुरु झै, अादर्शमा लम्किदै ।अस्ताए अब बा सधै अटलमा, तारा बनी चम्किदै ।।छाड्याै लाैन अहो लगी सडकमा, एक्लो भएकोछु म ।तिम्रो साथ अहो सधै छुटिगयो, बेग्लै भएकोछु म ।।श्रद्दा गर्छु झुकेर लाै दिन दिनै, बाबा तिमी छाै कहाँ ।रूने गर्छु लुकेर लाै छिन छिनै, बाबा तिमी छाै कहाँ ।।बाबा शब्द सदैब यो मनभरी, बस्छन् कलेजातिर ।कस्तो दैव भयाै अहो जगतमा, यक्लो भए अाखिर ।।डिल्ली थापा “चिन्तन” बारेकोट-२ जाजरकोट हाल दाङ
कविता- बा
तपाईको प्रतिक्रिया

















































। ३ भाद्र २०७७, बुधबार