
जाजरकोट । जिल्लाको भेरीनगरपालिका ४ का लोकेन्द्र चन्दले आफनो जन्म दिनका अवसरमा जाजरकोटका दुई वृद्धआमालाई आर्थीक सहयोग गरेका छन ।
बुधबार आफनो जन्मदिनको अवसरमा साहाराविहीन आमालाई आर्थीक सहयोग गरेका हुन । भेरीनगरपालिका ३ पिपलडाँडामा बस्ने च्यारु नेपालीलाई ५ हजार ५ सय ५५ सहयोग गरेका छन भने, शान्तीचौतारामा रहेका एक वृद्धलाई २ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए । चन्दले सहयोग गरेका आमाहरु साहाराविहीन हुन ।

उनीहरु अरुको घरमा काम गरेर खान्छन । मनकारी स्वभाव भएका चन्दले जन्मदिनको अवसर पारी ती आमाहरुलाई आर्थीक सहयोग गरेका हुन । विशेष गरी लकडाउनका कारण काम गर्न समस्या भएका र खानाको समस्या भएकी आमाहरुलाई थौरै सहयोग पुगोस भनी आर्थीक सहयोग गरेको चन्दले बताए ।
सानै उमेर देखि समाज सेवामा लागेका चन्दले आमाको समस्या आफनै जस्तो मानेर सहयोग गरेको समेत बताए । ती आमाहरु तपाईको सहयोगको अपेक्षामा छन । तपाईहरुले पनि सहयोग गरी दिनुहोला । पुण्य कमाउ सहयोग गरौँ ।



याे पनि पढ्नुहाेस :
















































। ३ भाद्र २०७७, बुधबार