नेपालका सम्पूर्ण बाबा, आमाहरुप्रति समर्पित

Image may contain: 1 person, closeup
                                                                             लेखकः महेन्द्र जङ्ग पाखे

                                                                             कुशेगाँउपालिका–९, जाजरकोट

छोरा÷छोरीहरु हो! तिमीहरुको जन्मले म तिम्रो आमालाई हर्षित   तुल्यायो।  सम्पूर्ण छिमेकहरुलाई निमन्त्रणा गरेर भोज भतेरका साथै खुसीयाली मनायौं ।
जब तिमीहरु बढ्दै गयौ, तिमीहरु विरामी हौला, कुलतमा लाग्छौ होला भन्ने पिरमा दिनरात बितायौं। तिमीहरुकै शिक्षा दिक्षा, पालन पोषण, सुस्वास्थ्यका निमित्त, कहिले शिरमा नाम्लो र कम्मरमा खुर्पेटोका साथ भीरमा, जंगलमा गोठालो भयौं त कहिले देश, विदेशमा श्रमीक भए। दिनरात नभनी तातो गर्मी र कठ्याङगरिदो जाडोमा रगत र पसिना एक गरियौं ।

यिनी सबै श्रम र संर्घषहरु छोरा÷छोरी हो! तिमीहरुकै सुख, समृद्धी,सु–स्वास्थ र सफलताका लागि समर्पित थिए। तिमीहरुलाई स्कुल पुर्याइदिन्यौं, औषधी खुवाइदिन्यौं, रून्थ्यौ म फकाउथियौं, चिसो पानीले नुहाउदा निमुनिया होला कि भनेर पानी तताएर ठिक पार्थियौं।

छोरा तिमी २०६४ सालमा अल्सरको  विरामी हुँदा म आत्तिए, रोए, कराए। नेपालमा केही सीप नलागेपछि भारतको लखनउ स्थित मिसन अस्पतालमा पुर्याएको थिए।  त्यहाँ मेरो आर्थिक स्थितीले धान्न नसकेपछि ९ महिनासम्म ज्याला, मजदुरी गरेर उपचार गराए । छोरा÷छोरीहरु हो! तिमीहरुको मिठो खाने, राम्रो लगाउने र राम्रो स्कूलमा पढ्ने चाहनाकै निम्ति तिम्रो आमा र मैले आफ्ना इच्छा, आकंक्षा त के? आफुलाई नै भुली सकेका थियौं। छोरा÷छोरीहरु हो! तिमीहरुकै पढाईका लागि तिम्रा मामाका घरबाट दाइजोमा दिएका ३ तोला सुन, घरको खेतबारी र हाम्रो श्रमपनि तिमिहरुकै लागि समर्पण गरियौं।

समयको बदलाब भनौं या कर्मको खेल भनौं, छोरा÷छोरीहरु हो ! तिमीहरु देश विदेश घुम्ने, जागीरे, व्यापारी, नेताहरु, ठुल–ठुला पद र पंक्तिमा रह्यौ तर आज म र तिम्री आमा बुढा भैसकेका छौं त्यो पनि काठमाण्डौं स्थित पशुपतिमा एक वृदा आश्रममा छौ। आज हिड्न खोज्दा लड्छौ। म र तिम्री आमा शक्तिहिन विरामी भएकाछौं । आज हामीलाई माया, साथ, औषधि, तातो लुगा, तातो पानीको आवश्यक छ। तिमीहरुको साहयता चाहिएको छ ।

के तिमीहरु म र तिम्री आमालाई साहयता गर्न सक्छौ ? अन्त्यमा बाबा आमाको मुख हेर्ने दिन सम्झेर फेशबुकको वालमा फोटोले रंगाउदैमा बाबा आमाकाप्रतिको श्रदा र भक्तिभाव (हुनत यो सत्यता सबैमा लागु नहोला आशा गर्छु !    अन्यथा    नहोस)      समेटिदैन कि? हामी छोरा÷छोरीहरुले बाबा आमालाई आदर, सेवा,सत्कार, सम्मान, दया, माया, र उहाँहरुको सपना पुरा गर्न पछि परेनौ भने मात्र, बाबा आमाको मुख हेर्ने दिन सम्झेर शुभकामना आदन–प्रदानको शार्थकता होला कि ? भन्ने आषयसँगै आज पर्न गएको बाबाको मुख हेर्ने दिनका उपलक्षमा नेपालमा रहनु भएका सम्पूर्ण बाबा आमाहरुको सु–स्वास्थ्य, सुख, समृद्धी एवं दिर्घायुको कामना गर्दछु ।

तपाईको प्रतिक्रिया