कार्यक्रमको विवरण माग्दा उपाध्यक्षको पदीय अपमान

कर्मचारीको पत्रमा सुचनाको हक प्रयोग गरी सुचना माग्नुहोस’

    शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा  पत्रकार भेटघाटमा ।

जाजरकोट । शिवालय गाउँपालिकाकी उपाध्यक्ष कुमारी थापाले आफुमाथि अपमान भएको भन्दै कर्मचारी र अध्यक्ष प्रति असुन्तुष्टि व्यक्त गरेकी छन । उपाध्यक्ष थापाले आफुमाथि कर्मचारीले अपमान गर्दा समेत गाउँपालिकाका अध्यक्ष र आफनो पार्टीले सहयोग नगरी मौन बसेको गुनासो गरेकी छिन ।

थापाले आफुले गाउँपालिकाको निति तथा कार्यक्रमको विवरण माग्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले लिखित रुपमा आफनो पदीय अपमान गर्दा समेत अध्यक्ष नरेन्द्रकुमार शाहीले कुनै सहयोग नगरेको बताएकी छन ।

मंगलवार खलंगामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष थापाले संविधानले सिर्जना गरेको आफनो पद र जिम्मेवारीलाई एउटा कर्मचारीले चुनौति दिदै अवमुल्यन गरेको विषयमा आफुले गाउँपालिका अध्यक्ष र आफनो पार्टी सत्तारुढ नेकपाका नेताहरुलाई जानकारी गराए पनि न्याय पाउन नसकेको गुनासो गरिन् ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले गत वैशाख ८ गते गाउँपालिका अध्यक्ष नेरन्द्रकुमार शाही सम्वोधन तथा आफनो व्यक्तिगत मानहानी हुने गरि लेखेको पत्रका विरुद्ध अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरेको समेत उपाध्यक्ष थापाको दावि छ ।

सरकारको मातहतमा रहेको कर्मचारीले सरकारकै जनप्रतिनिधिकै अपमान हुने गरि गरेको व्यवहारमा समेत पार्टी र गाउँपालिका अध्यक्षले सहयोग नगर्नु दुखद भएको उनले वताइन् । गाउँपालिकाको विकास निर्माण लगाएतका विषयमा हुने गरेका अनियमितता र ढिलासुस्तीका वारेमा आवाज उठाउदा आफुलाई सवैले एक्ल्याएको उनले वताइन् ।

आफुलाई वजेट भाषण गर्न मात्र लगाउने तर वजेटको खर्च तथा अन्य कार्यान्वयनका वारेमा कुनै जानकारी नै नदिने गरेको उपाध्यक्ष थापाको गुनासो छ ।

आफुलाई परेको अन्यायका वारेमा पार्टीका साँसदहरु मिडिया जताततै जानकारी गराएपनि कुनै सुनुवाइ नभएपछि आफुले तत्कालीन प्रशासकीय प्रमुख शर्मा विरुद्ध अदालतमा मुद्धा हाल्न वाध्य हुनु परेको थापाले वताइन् । तर यस बिषयमा यता अध्यक्ष शाही र कर्मचारी शर्मालाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया