दुःखद खबर बारेकोटमा भीषण पहिरोमा पुरीएर १ जनाकाे मृत्यु, ११ जना वेपता

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा भीषण पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ११ जना वेपता भएका छन्   । गाउँपालिकाको वडा नं. ४ स्थित सार्की टोलमा दुई घर पुरिएर १ जनाको र्मतु भएको  र  ११ जना वेपता भएकाे        गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिए ।  मृत्यु हुनेको परिचय भने खुल्न नसिकएको सिंहले जानकारी दिए । उद्दारका लागि विहानै देखि वडा र गाउँपालिकाका कर्मचारी खटिएको समेत बताए । सुरक्षाकर्मी घटनास्थल भन्दा धेरै टाढा भएकोले उद्धारमा जाँदै गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया