समाचार लेखेकै भरमा पत्रकार खड्का माथी हातपातकाे प्रयास

No description available.

जाजरकोट । समाचार लेखेकै भरमा पूर्व युवा संघ जाजरकोटका संयोजकले पत्रकार माथी हातपातको प्रयास गरेका छन ।  युवा संघ जाजरकोटका निलम्वित    सयोजक     दिपेन्द्र शाहीले समाचार प्रति आप्पती जनाउदै हातपातको प्रयास गरेका हुन । युवा संघ जाजरकोटका संयोजक शाही प्रहरी नियन्त्रण शिर्षकको समाचार लाई लिएर शाहीले हातपातको प्रयास गरेका थिए । भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशम बहादुर खड्का लाई शाहीले हातपातको प्रयास तथा गालिगलोज गरेको पत्रकार खड्काको भनाई छ ।

जिल्लाको गैरीखालि देखि ठाँटि बजार जाने क्रममा शाहीले शान्तिचौतारमा रोकी अबद्र ब्यवहार गरेका हुन । समाचार लेख्न आउदैन ? तिम्रो यो कदमले राम्रो परिणम आउदैन ? लगाएत अश्लीम शब्द प्रयोग गरी आक्रमणको प्रयास गरेका थिए । खड्का ठाँटि बाट पत्रीकाको कार्यालयमा फकिर्दै गर्दा शाहीले बाटो कुरेर मोटरसाइकलको चाबि समेत थुतेका थिए । मोटरसाइकल बिच बाटोमा रोकेर शाहीले बिभिन्न अश्लीम शब्द प्रयोग गर्दै पुन हातपातको प्रयास गरेको खड्काले जानकारी दिए । समाचार प्रति माफि माग्नु पर्ने शाहीको अडान थियो । शाहीको अडान अनुसार आफुले माफि नमागे पछि हातपातको प्रयास गरेको पत्रकार खड्काको भनाइ छ ।

शाही संगै आएका उनका भाई शुसिल शाहीले समेत खड्काको तस्बीर खिच्ने देखि रेशम खड्का तै होस भन्दै खड्का लाई अबद्र ब्यवहार गरेका थिए । शाहीले आर्थिक लेनदेनको बिषय भन्दै बिहिवार भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीको निवासमा पुगेर मोटरसाइकल तोडफोडको प्रयास गरेको नगर प्रमुखका भाई भरत घर्तीले जानकारी दिए । पूर्व सयोजक शाही नगर प्रमुखको निवासमा पुगेर डोका बन्द गर्ने देखि तोडफोड गर्न सम्मको हर्कत गरेको उनको भनाइ छ ।

आफु बिस दिन पछी युवा संघ जाजरकोटको सयोजकमा पुन दोहरीने दम्ब देखाउदै धम्की समेत दिएका थिए । शाहीले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई गत बैशाख १३ गते हातपात गरिएका थिए । शाही सहितको एक समुहले प्रमुख लाई हातपात गरे संगै पार्टी बाट बर्खास्त समेत शाही भएका छन ।

तपाईको प्रतिक्रिया