
जाजरकोट । कोभिड–१९ प्रकोपको अवस्थामा कयौँ मान्छेहरुले रोजगारी गुमाएका छन् । कयौँ मानिसहरुको ब्यवसाय नै धरासहिमा परेको छ ।
कति मानिरहरुमा आफ्नो घरखर्च कसरी चलाउने भन्ने चिन्ता वढेको छ । कोरोना र यसको विभिन्न असरको कारण मानिसहरुमा डर, चिन्ता, तनावजस्ता कुराहरु बढ्दैगईरको छ । त्यस्तै क्वारेन्टाईनमा बसिरहेका ब्यक्तिहरुमा पनि कोरोना संक्रम देखिन्छ कि ? अझै लामो अवधि सम्म क्वारेन्टाइनमा बस्नु पर्छकी भन्ने अनिश्चितता, रोजगारी गुमाएको पिडा, भारत लगायत विभिन्न देशहरुबाट नेपाल सम्म फर्कदा यात्रामा भोग्नु परेको कठिनाईहरु र क्वारेन्टाइनमा बस्दा समय विताउन गाह्रो हुने, कोरोनाको कारण समाजमा झेल्नु परेको लाल्छनाहरु जस्ता यावत कुराहरु भोगिर हनुपर्दा उनीहरुमा आत्तिने, डराउने, छटपटि हुने, खानामा रुचि घट्ने, स्वास फेर्न कठिनाई, शरीर काँप्ने, मुटुको चाल बढ्ने, निन्द्र राम्रोसँग नपर्ने, दुखीहुने, झर्किने,आक्रोसित हुने, नकरात्मक सोचाइहरु आउने,तनावबढ्ने र मनोबल कमजोर हुने जस्ता बिभिन्न मनोसमाजिक प्रतिक्रियाहरु देखिन सक्दछ ।
कोभिड १९ संक्रमण जस्तो विल्कुलनयाँ र असामान्य परिस्थितिमा यस्ता प्रतिक्रियाहरु केहि समयको लागीदेखिनु स्वभाविकहो । र यस्तो किसिमको प्रतिक्रियाहरु केही हप्ता सम्म देखा परेमा यसले मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याको रुप लिन सक्छ, जस्तै चिन्ता रोग, दिकदारिपना, तथा कडा खालको मानसिक रोगको सिकार बन्न सक्छ ।
यस्तै जाजरकोटको भेरि न.पा. त्रिभुवनमा.वि. क्वारेन्टाईन होममा बसिरहेका ब्यक्तिहरुमा स्थानिय सरकार तथा स्वास्थ्य विभागको समन्वयनमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द (सी.एम.सी) नेपालको मनो परामर्शकर्ता तथा मनोविद एभन श्रेष्ठले मनोपरामर्श कर्ता कालीबहादुर वि.क. र स्थानिय मानसिक स्वास्थ्य कार्यकर्ता प्रविन वि.क.को सहयोग र सहकार्यमा मनोवैज्ञानिक प्राथमिक सहयोग सेवाप्रदान गरेको छ ।
क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको तनावलाई कम गराई मनोबल उच्च बनाउन मद्दत गर्ने उद्देश्यले तत्काल भावनात्मक रुपमा सुरक्षित महसुस गराउन र थप मनोसामाजिक तथा मानसिक समस्याहरुको जोखिमबाट टाढा राख्न मद्दत गर्नको लागि पहिलो चरणको मनोसामाजिक सेवाप्रदान गरिएको हो ।
यस कार्यक्रममा उनीहरुको मनमा भएको पीडा, चिन्ता तथा आक्रोसहरुलाई पालैपालो भन्न लगाई सुनिदिएर, तनाव ब्यक्त गर्न सहयोग गरिदिए र, लामोश्वास लिने अभ्यास गराई मन शान्त राख्न र मनोवल उच्च बनाउदै तनावकम गराउन सहयोग गरेको थियो । कोराना संक्रममण हुन सक्ने अवस्थाहरु र यसवाट सुरक्षीत रहने उपायहरुमा पनि छलफल गरिएको थियो, भने यस्तो बेला आफ्नो विशेष ख्याल गर्ने तरिकाहरु र तनाव ब्यवस्थापन गर्ने विधिहरु बारे पनि जानकारी गराइएको थियो ।
अन्तिममा क्वारेन्टाईन होमहरुमा रहेका ब्यक्तिहरुलाई आत्माहत्या जस्ता मनोसामाजीक समस्या र त्यसको ब्यबस्थापन बारे सन्देसमुलक पर्चाहरु वितरण गरिएको थियो । धेरै डर, त्रास, तनावभएमा र आत्माहत्याको सोचाईहरु आएमा सी. एम्.सी नेपालको पैसा नलाग्ने टोल फ्रिनम्वर १६६००१८५०८० माफोन गरेर मनोपरामर्श सेवालिन आग्रह गरिएको छ ।

















































। २६ असार २०७७, शुक्रबार