
प्रकाश राेकाय– जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बरं ५ मा नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले बिश्वब्यापी रुपमा फैलियको महामारी का रुपमा देखा परेको कारोनो अर्थात (Covid–19) रोग बाट आफू पनि बचौ र अरुलाइ पनि बचाउ भन्ने मुल सन्देश दिदै जन चेतना मुलुक सन्देश सहित नलगाड नगरपालिका वडा नम्बर ५ पोखरामा हिजो सुक्रबार १२० घर धुरिलाइ साबुन र मास्क बितरण गरेको छ ।
अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समितिका सदस्य क धनजित महरको उपस्तिथिमा हिजो सुक्रबार साबुन र माक्स बितरण गरेका हुन । धनजित महर अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समितिका सदस्य पनि हुन कारोनो अर्थात (Covid–19) नियन्त्रन गर्नु पर्छ । बिश्वब्यापी रुपमा फैलियको महामारीका कारण अन्य देशहरुमा दिन दिनै संक्रमित हुनेको र मृत्यु हुनेको सङख्या बढ्दै गएको छ ।
हाम्रो देश नेपालमा पनि संक्रमितको सङख्या दिन दिनै बढदै गएको छ । संक्रमनको सङख्या १०२ पुगेको छ भने उपचार पछि अहिले सम्म घर ३१ जना घर फर्किएका छन । त्येसैले आफु पनि बचौ र अरुलाई बचाउ भन्दै हामिले १२० घर धुरिलाई साबुन र मास्क बितरण हिजो सुक्रबार गरेका हौ । भन्दै अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समितिका सदस्य क धनजित महरले एचपी खबरलाई जान्कारी दिएका छन ।
















































। २७ बैशाख २०७७, शनिबार