प्रधानमन्त्रीलाई गगन थापाको कवितामै काउण्टर जवाफ, म त साह्रै भाग्यमानी

म त भाग्यमानी

छैन याहा देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको!

यस्तो सबल सरकार छ सीमा कसले मिच्नी
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी!!

सयौं कोश हिँड्दा पनि श्रमिक छैनन आहत
गरीवलाई सम्मान छ, सरकारबाट राहत!

विदेशमा ।।। कोही पनि अलपत्र छैनन्
दु:ख पीडा सुनाउने ति नेपाली नै हैनन्!!

जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने!

भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन् , ओम्नी र यति

सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानि

सवैतिर वाह! वाहै! यस्तो विकास देख्दा
पत्रकार नि दंग छन,यी समाचार लेख्दा!!

कोमल हृदय का प्रधानमन्त्री, आसू कवि हाम्रा
दिन नबिराई सृजना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत-कविता भट्याउँदै कालापानी जाउँला!!
सारा नेपाल हाँसेको छ, मेची-काली गाउँछ
आँसु आए बरु त्यही कविताले आउँछ

यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो! हामी नेपाली त सारै भाग्यमानी!!
अहो! सारै भाग्यमानी
म त भाग्यमानी

तपाईको प्रतिक्रिया