जाजरकोटमा असिना पानीले अन्नबाली नष्ट गर्यो

जाजरकोटमा – सोमबार परेको असिना पानीले नलगाड नगरपालिका–१ जुरेलीका किसानहरुको अन्नबाली नष्ट गरेको छ । बारीमा पाकेर पहिलपुर भएको अन्नबाली किसानले घरभित्र भित्र्याउने समयमा परेको असिना पानीले बाली नष्ट गरेको छ।

पानीसंगै आएको असिनाले घर भित्र्याउन लागेको किसानको अन्नबाली बारीमै नष्ट गरेको थियो । बारीमा पाकेको गहुँ, जौँ जस्ता अन्नबाली र मसुरो चना जस्ता कोशेबाली घरभित्र भित्र्याउन नपाएरै असिना पानीले बारीमै नष्ट गरिदिएको स्थानीय लालबहादुर रानाले जानकारी दिएका छन । यो समय भनेको बारीमा पाकेको अन्नपात भित्र्याउने बेला हो, असिनापानीले बारीमै नष्ट गरिदिएपछि बारीमा भएको नल पशुलाई खुवाएर मकै छर्ने काममा लागि रहेका छौं रानाले भनेका छन ।

असिनापानीले अन्नबाली नष्ट गरिदिएपछि कृषि भन्दा अर्को पेशा नभएका जुरेलीका नागरिकहरु निक्कै चिन्तित बनेका छन् । आफैले उत्पादन गरेको अन्नले बर्षभरी पालिदै आएका त्यहाँका नागरिकहरु बर्षाद समयमा ६ महिनामा आफु र घरपरिवालाई कसरी पाल्ने भन्ने चिन्तामा रहेको रानाले बताए ।

६ महिनाको लागि भनेर हिउँदे बाली लगाएका थियौं, असिनापानीले नष्ट गरिदियो अब बर्खाभरि बेसाकार्न कता जाने बेसाकार्ने पैसा कताबाट जुटाउने भन्ने चिन्ताले जुरेलीबासीलाई पिरोली रहेको रानाको भनाई रहेको छ ।

५० देखि ५२ घरधुरी संख्या रहेको जुरेलीबासी सबैको पेशा कृषिनै रहेको छ । मगर र दलित समुदायले मात्रै बसोबास गर्दै आएको यस क्षेत्रमा अधिकांश सबैले आफैले उत्पादन गरेको अन्नबाट बर्षभरी पालिदै आएका थिए भने, केही घर परिवार ज्याला, मजदुरी गर्ने, कालापहाड गएर गरेको कमाईले खाद्यन्न खरिद गरेर परिवार पाल्दै आएका छन् ।

तपाईको प्रतिक्रिया