
“भूकम्पपीडितका आवास व्यवस्थामा किन विलम्व भैरहेको छ ?”
“आफै योजना माग गर्ने, आफै स्वीकृत गर्ने, आफै काम गर्ने, आफै अनुगमन गर्ने यो कस्तो विकास चक्र हो ?”
“जिल्लालाई गरिवीको खाडलमा पुर्याउने को को हुन्, हिसाव किताव गर्नु पर्छ,”
“जाजरकोटमा योजनावद्ध विकास नहुनुको दोष कसलाई दिने ?”
“जिल्ला सदरमुकाम भित्रका सडकका फाल्डाखुल्डी, फोहरको थुप्रो किन हटेन ?”
“औषधी र उपकरणविहीन स्वास्थ््य संस्था, शीप र सिकाई नपाईने शिक्षण संस्था किन?”
“दैनिक सयौं युवा भारत र विदेश पलायन भैरहंदा जाजरकोटका नेताको मन किन दुख्दैन?”
“ऐतिहसिक जाजरकोट दरवारको भग्नावशेषले कहिले सम्म गिज्यार्ईरहने?”
“जुनीचांदे देशभरीकै गरिव स्थानीय तह कसरी ?”
“जिल्लाको प्राकृतिक श्रोत साधनको दोहन किन वन्द हुंदैन ?”
“जंगल सिध्याएर सडक खन्दा वारेकोको सुन्दरता कायम रहन सक्छ ?”
“ के जिल्लाको विकास, श्रोत साधन र सेवा तथा अवसरको लाभमा गरिवको पहुंच छ ?”
यिनै प्रश्नहरुको सेरोफेरोमा जाजरकोट जिल्लाका स्थानीय तहहरुमा दीगो र समावेशी विकासका लागि १७ वटा दीगो विकास लक्ष्यहरुमा विशेष प्राथमिकताका साथ अगाडी वढ्न र समृद्ध, समुन्नत र सुन्दर वनाउन विभिन्न पक्षमा ध्यानाकर्षणार्थ अनुरोध गर्दछौं ।
रोजगारी सिर्जना गर्न नसक्नु, वित्तिय र मानवीय स्रोतको अभाव, मानवीय आवश्यकताको परिपूर्तिका लागि भरपर्दो सेवाहरुको अभावमा बढ्दो बसाइँसराइ, जलवायु परिवर्तन, प्रविधिको सीमित पहुँच तथा चेतनास्तरमा असमानता दिगो विकास लक्ष्य प्राप्तिका मुख्य चुनौती रहेको, कसैलाई पनि पछाडी नपार भन्ने दीगो विकास मर्मलाई ध्यान दिएर गरिबीको रेखामुनि रहेको जनसंख्याको भरपर्दो तथ्यांक संकलन गर्ने ।
दीगो विकास लक्ष्य प्राप्ति केवल सरकारी योजना मात्र नभई समुदाय, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको, स्थानीय आवश्यकता र वास्तविकतामा आधारित योजना निर्माण गर्नु पर्ने, प्रभावकारी बजेट व्यवस्थापन गर्नु पर्ने तथा जनसहभागिता बढाउनु पर्ने विषयमा ध्यान दिंदै आगामी योजना तथा कार्यक्रम निर्माण गर्दा दीगो विकास लक्ष्यका १७ वटा सूचक मध्ये विशेष गरी गरिबी निवारण र रोजगारी श्रृजना, सफा पानी तथा सरसफाई, गुणस्तरीय शिक्षा, सुदृढ स्वास्थ्य सेवा तथा लैङ्गिक समानतालाई प्राथमिकता दिई काम गर्न जरुरी छ ।
–गरिवी निवारण
-नवीन, श्रृजनशील र वजार माग अनुसारका व्यावशायिक अवधारणालाई वित्तिय र प्राविधिक सहयोग गर्न सम्भाव्य र उपयुक्त स्टार्ट अप व्यवशायमा सहयोगमा गर्ने ।
– युवा केन्द्रीत शीपमूलक, रोजगारमूलक र आयमूलक शीपको विस्तार र वित्तिय सेवामा पहुंच विस्तार गर्ने ।
– वस्तुगत र भरपर्दो रुपमा गरिव घरधूरी पहिचान गर्ने र रोजगारीका अवसरमा जोड्ने ।
– दीगो तथा समावेशी विकासका लागि निश्चित वस्ती र समुदाय लक्षित गरिवी निवारण, जीविकोपार्जन र एकीकृत जीवन रुपान्तरण कार्यक्रम संचालन गर्ने ।
– जुनीचांदे गाउंपालिकामा वहुआयामिक गरिवी निवारणका लागि वहुपक्षीय लगानीमा एकीकृत आर्थिक तथा सामाजिक रुपान्तरण कार्यक्रम कार्यान्वयन गर्ने ।
– युवा श्रमशक्तिलाई श्रम तथा रोजगार रोष्टरमा अभिलेखन र सूचिकृत गरी वांझो जमीनमा वृहद उत्पादनका काममा परिचालन गर्ने ।
– नागरिक आरोग्य तथा स्वास्थ्य सेवा सवलीकरण
-गर्भवती, शिशु तथा पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु दर शून्यमा झार्न, खोप सेवाको पहुँच शत प्रतिशत पुर्याउन र संस्थागत सुत्केरी सेवा सुनिश्चित गर्ने ।
– एलोपेथिक, आयूर्वेदिक र प्राकृतिक चिकित्सा पद्धति आधारित स्वास्थ्य संस्था र सेवाको सुदृढीकरण गर्ने ।
-व्यक्तिगत, संस्थागत र समुदायमा स्वास्थ््य चेतनाको सकारात्मक रुपान्तरण गर्ने ।
-महिलाहरुको आंग खस्ने समस्या, पायल्स र फिस्टूला, आंखा उपचार तथा मानसिक स्वास्थ््य प्रवद्र्धनलाई समुदाय सम्म विस्तार गर्ने ।
– किशोर किशोरी केन्द्रीत स्वास्थ््य सचेतना र उपचार सेवा, आयुर्वेद स्वास्थ््य उपचार र परामर्श सेवालाई थप सुदृढ वनाउने ।
– शारीरिक र मानसिक स्वास्थ््य प्रवद्र्धनका लागि योग शिक्षाको व्यापक प्रसार र अभ्यास गर्ने ।
– गुणस्तरीय शिक्षाको सुनिश्चितता
-अनिवार्य र निशुल्क आधारभूत शिक्षाको अधिकारलाई कार्यान्वयन गराउने ।
– कुनै पनि वालवालिका विद्यालय भर्ना हुन नछुटोस भन्ने ख्याल गर्ने ।
– अपांगता भएका बालबालिकाको शैक्षिक अधिकारलाई सुनिश्चित गर्ने ।
– आधारभूत र माद्यमिक शिक्षा संचालन तथा व्यवस्थापन अन्तरगत शिक्षण सिकाई उपलव्धीमा कमजोर, विपन्न, फरक क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षा संचालन गर्ने ।
– वैज्ञानिक अध्ययन गरेर विद्यालय गाभ्ने वा थप्ने, कक्षा थप्ने वा गाभ्ने ।
– सामाजिक न्याय समेत हेरेर शिक्षक दरवन्दी समायोजन गर्ने ।
– विद्यार्थी र युवा केन्द्रीत खेलकूद, नवप्रवत्र्तन र प्रतिभा प्रस्फूटनका अवसरहरु नियमित श्रृजना गर्ने ।
– स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी लागू गर्ने, विद्यालयका नाम पुनरावलोकन गर्ने र विद्यालय सुधार योजना वस्तुगत वनाउने ।
– आर्थिक विकास तथा गरिवी निवारण
– नवीन, श्रृजनशील र वजार माग अनुसारका व्यावशायिक अवधारणालाई वित्तिय र प्राविधिक सहयोग गर्न सम्भाव्य र उपयुक्त स्टार्ट अप सहयोगमा लगानी गर्ने ।
– युवा केन्द्रीत शीपमूलक, रोजगारमूलक र आयमूलक शीपको विस्तार र वित्तिय सेवामा पहुंच विस्तार गर्ने ।
– वस्तुगत र भरपर्दो रुपमा गरिव घरधूरी पहिचान गर्ने र रोजगारीका अवसरमा जोड्ने ।
– दीगो तथा समावेशी विकासका लागि निश्चित वस्ती र समुदाय लक्षित गरिवी निवारण, जीविकोपार्जन र एकीकृत जीवन रुपान्तरण कार्यक्रम संचालन गर्ने ।
– युवा श्रमशक्तिलाई श्रम तथा रोजगार रोष्टरमा अभिलेखन र सूचिकृत गरी वांझो जमीनमा वृहद उत्पादनका काममा परिचालन गर्ने ।
– कृषि उत्पादनहरुको विक्री नभएमा क्षतीपूर्ति दिने ।
– ऐतिहासिक, धार्मिक, सांस्कृतिक, जीवनसभ्यता पर्यटन प्रवद्र्धन गर्ने ।
– मासु र दूघ तथा अण्डामा आत्मनिर्भर वन्न कृषि र पशुपालनका लागि अनुदान र व्यवसायका श्रृजनशील उद्यममा श्रृण व्याज सहयोग गर्ने ।
– कृषि र पशु पकेट क्षेत्र विकास गर्ने र नश्ल सुधार गर्ने ।
– तोरीको उत्पादन वढाउने र खाने तेलमा आत्मनिर्भरता वनाई वाहीरको तेल आयात प्रतिवन्ध लगाउने ।
– गुणस्तरीय कफि उत्पादन गर्ने ।
– कृषि हाटवजार स्थापना र विक्री नभएका कृषि उत्पादन स्थानीय सरकारले किनिदिने ।
– लिफ्ट खानेपानी र लिफ्ट सिंचाई व्यवस्था गर्ने ।
– निर्वाहमुखी कृषिमा यान्त्रिकीकरणको अभ्यास र स्थानीय रैथाने परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने ।
– नमूना तथा एकीकृत वस्ती विकास र कृषि पकेट क्षेत्र विकास गर्ने ।
– गाउंको पैंसा गाउंमै रोक्न विविध प्रयासहरु आरम्भ गर्ने ।
– भौतिक संरचना र पूर्वाधार विकास
– सूचना, संचार व्यवस्था सहित भूमि प्रशासन सेवाका लागि क्षमता र पूर्वाधार विकास गर्ने ।
– स्थानीय स्तरका विकास आयोजनाहरुको परियोजना वैंक वनाउने र प्रेषण प्रणाली संस्थागत गर्ने ।
– ठूला पूर्वाधार र संरचना विकासका लागि विभिन्न श्रोतहरुमा समन्वय गर्ने ।
-उपयुक्त भवन निर्माण गरी वडा कार्यालयवाट भरपर्दो सेवा प्रवाह गर्ने ।
– पूर्वाधार र संरचना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन र विश्लेषण गर्ने ।
-भीरालोपना वढी भएको जमीन भएकाले दीगो भूव्यवस्थापन प्रविधि अवलम्वन गर्ने, वैकल्पिक सिंचाई प्रणाली अवलम्वन, उत्पादनशील जग्गाको प्लटिंगलाई निरुत्साहित गर्ने ।
– जाजरकोट दरवार, जाजरकोटी संस्कृति, जनयुद्धमा शहादत सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक विशेषता र सम्पदा संरक्षण, प्रचार प्रसार, प्रवद्र्धन र सम्वद्र्धन गर्ने ।
– लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण
– सार्वजनिक संरचना र पूर्वाधार अपांगतामैत्री वनाउने ।
– विद्यार्थी र युवा केन्द्रीत खेलकूद, नवप्रवत्र्तन र प्रतिभा प्रस्फूटनका अवसरहरु नियमित श्रृजना गर्ने ।
– लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान सहित सार्वजनिक समानताका वाधक सवै प्रकारका विभेद र हिंसा अन्त्य गर्न लक्षित वर्ग सशक्तिकरण गर्ने ।
– वालवालिकाका सार्वभौम अधिकारको रक्षा गर्न वालमैत्री स्थानीय शासनका आयामहरु संस्थागत गर्ने ।
– अपांगता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना सुनिश्चित गर्ने ।
-जेष्ठ नागरिकहरुको आरोग्यता, पुनतार्जगी र पुनर्मिलनका लागि आरोग्य तथा मिलन केन्द्र वनाउने ।
-प्रत्यक स्थानीय तहमा कम्तिमा १ खेलमैदान, प्रत्यक वडामा कम्तिमा १ व्यायाम शाला र वाल उद्यान वनाउने र युवाहरुको वहुआयामिक नेतृत्व र प्रतिष्पर्धी क्षमता विकास गर्ने ।
-लागू औषध र लागू पदार्थ, सामाजिक संजाल दुरुपयोग र वेचविखन विरुद्ध सकारात्मक सूचना प्रवाह गर्ने ।
– दीगो तथा समावेशी विकासका लागि निश्चित वस्ती र समुदाय लक्षित गरिवी निवारण, जीविकोपार्जन र एकीकृत जीवन रुपान्तरण कार्यक्रम संचालन गर्ने ।
-जातीय छुवाछूत र भेदभावलाई ईतिहासको विषय वनाउने गरी सामाजिक सद्भावको वातावरण वनाउने र आर्थिक तथा सामाजिक सशक्तिकरण गर्ने ।
– लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरणको कोणवाट कार्य सम्पादन परीक्षण गर्ने ।
– सुशासन तथा सेवा प्रवाह
-राजनीतिक दल, नागरिक समाज र जनप्रतिनिधि वीच नियमित सम्वाद, साझा वुझाई विकास र सद्भाव र सूचकमा आधारित परिणाममूलक तेश्रो पक्ष अनुगमन, मूल्यांकन र समीक्षा अवलम्वन गर्ने ।
-सूचना, संचार व्यवस्था सहित भूमि प्रशासन सेवाका लागि क्षमता र पूर्वाधार विकास गर्ने ।
– संस्थागत कार्य सम्पादनमा स्वमूल्यांकन र वाह्य मूल्यांकनमा उत्कृष्ट नेतृत्व गर्ने ।
– सामाजिक शान्ति सुरक्षा र अमनचैन कायम राख्न, रात्री गस्ती, कर राजश्व संकलन, सरसफाई प्रवद्र्धन, अनधिकृत व्यवसाय नियन्त्रण, सार्वजनिक सम्पदा र सम्पत्तिको सुरक्षा, छाडा जनावर व्यवस्थापन, यातायात पार्किंग व्यवस्थापन, मदिरा व्यवशाय व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गर्ने ।
– जनतामा सत्य, सकारात्मक समसामयिक सूचना तथा सन्देश प्रवाह गर्न, सामाजिक उत्पादकत्वको परिचालन गर्न र सामाजिक एकता प्रवद्र्धन गर्न स्थानीय तह आफैले एफ.एम.सञ्चालन गर्ने ।
– स्थानीय सेवा संचालनका लागि विशेष कानून निर्माण गरी भरपर्दो, गुणस्तरीय र सर्वसुलभ सेवा प्रवाह गर्ने ।
-कर्मचारी दरवन्दी पुनरावलोकन र सेवा शर्त तयारी तथा वृत्ति विकास र क्षमता विकास योजना वनाउने ।
– स्थानीय तथ््यांक र अभिलेख व्यवस्थापनका लागि वस्तुस्थिति विवरण प्रोफाईल तयारी र अध्यावधिक गर्ने ।
-स्थानीय विकास आयोजनाको परियोजना वैंक वनाउने र कार्यान्वयनका लागि वहुपक्षीय समन्वय गर्ने ।
-भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता विकास गर्ने र पारदर्शिता र जवाफदेहीता संस्थागत गर्ने ।
–सूचना, संचार व्यवस्था सहित भूमि प्रशासन सेवाका लागि क्षमता र पूर्वाधार विकास गर्ने ।
– स्थानीय स्तरका विकास आयोजनाहरुको परियोजना वैंक वनाउने र प्रेषण प्रणाली संस्थागत गर्ने ।
– जनताका कुरा सुन्ने र कर्मचारीलाई उत्प्रेरित गर्ने तथा निश्चित समयमा शिक्षक कर्मचारी सरुवा गर्ने ।
-हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने विगतको सिकाईवाट सोच र व्यवहार परिवर्तन गर्ने ।
-संस्थागत कार्य सम्पादनमा स्वमूल्यांकन र वाह्य मूल्यांकनमा उत्कृष्ट नेतृत्व गर्ने ।
– समूह गतिशीलतामा विश्वास गर्ने र हरेक विषयमा विषय विज्ञ र अनुभवी व्यक्तित्वको सल्लाहमा काम गर्ने ।
– सफा पानी र सरसफाई, विपद र वातावरण
– शत प्रतिशत उपभोक्ताको घरमा नीजि धारा र केही विशेष सार्वजनिक स्थानमा सार्वजनिक धारा व्यवस्था ।
-शत प्रतिशत घरलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउन आवश्यक सचेतना र पूर्वाधार व्यवस्थापन ।
-स्वास्थ्य, सरसफाइ र सुरक्षित पानीलाई नागरिकको आधारभूत अधिकारका रुपमा स्थापित गर्ने ।
– सबै प्रकारको विपद तथा महामारीको प्रतिकार्य एव व्यवस्थापनका लागि विशेष तयारी गर्ने ।
– जलवायु अनुकूलित विकासलाई सवै विकासका आयामहरुमा ध्यान दिने ।
-विपद व्यवस्थापन समिति क्रियाशील वनाउंदै सवै प्रकारका विपदको प्रतिकार्य क्षमता वढाउने ।
– नीजि, सामुदायिक, कवुलियती सहित वनको संरक्षण, सम्वद्र्धन, विकास र वहुआयामिक उपयोग गर्ने ।
– खलंगा टाट्केको जडीवूटी प्रशोधन केन्द्रलाई संचालनमा ल्याई जडीवूटी खेती विस्तार गर्ने ।
– वहुमूल्य खनिज सम्पदा (काईनाईट, तामा, कोईला, टुुर्मालिन, सिलाजीत, चुन लगायत ढुंगा, पत्थर) को उत्खनन गरी प्रशोधन, प्रर्बद्धन र औद्योगिकरण गर्न तथा जडीवूटीहरुको संरक्षण, सम्वद्र्धन र व्यावसायिकरण गर्ने ।
– विविध
-लालपूर्जा वितरण र भूमाफियाको जालसाजीवाट कव्जा गरिएका जग्गा स्थानीय तहमा फिर्ता गर्ने ।
-राजनीतिक दलहरु र नागरिक संगठनहरु वीच नियमित अन्तरक्रियात्मक सम्वाद गर्ने ।
– अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने ।
-स्थानीय नीति र कानून निर्माण गरी विकास र सेवा प्रवाहको लाभमा भूमिहीन, अल्पसंख्यक, शहीद परिवार, विपन्न, सहाराविहीन तथा जोखिममा रहेका वालवालिका, आवासविहीन, लोपोन्मुख समुदाय, एकल महिलालाई अग्रता र प्राथमिकता दिने ।
– सार्वजनिक सेवा प्रवाह गर्दा मुस्कान सहितको द्रूत, किफायती र सुलभ सेवामा ध्यान दिने ।
– कार्यक्रमहरुमा व्याच र खादा प्रतिवन्ध लगाउने र समयको परिपालना गर्ने गराउने ।
-नयां घरहरु स्वीकृत र अभिलेखन गर्दा सुरक्षित भूकम्प प्रतिरोधी मापदण्ड अनुसार वनाउने ।
-राजश्वको लक्ष्य किटान र राजश्व परामर्शवाट दायरा पराकिलो वनाई संकलनमा कडाई गर्ने ।
-छोरी जीवन वीमा र सामाजिक सुरक्षा सुनिश्चित गर्ने ।
-जन प्रतिनिधि र कर्मचारीलाई उच्च कार्य संस्कृतिका लागि उत्प्रेरणा र आत्मवल तथा आत्मविश्वासको श्रृजना
-सीमान्तिकृत किसानलाई सिंचाई सुविधाको पहिलो हकदार वनाउने
– विदेशवाट फर्केका युवालाई शीप, जांगर र वित्तिय श्रोतमा पहुंचका लागि सहजीकरण गर्ने
-धार्मिक, सांस्कृतिक, ऐतिहासिक विशेषता र सम्पदा संरक्षण, प्रचार प्रसार, प्रवद्र्धन र सम्वद्र्धन गर्ने ।
– टोल विकास संस्था जस्ता सामुदायिक संस्थाको सवलीकरण र स्थानीय विकासमा परिचालन गर्ने ।
– ठूला भौतिक पूर्वाधार संरचना विकासका लागि नेपाल सरकार र प्रदेश सरकार संग समन्वय गर्ने ।
-सामाजिक शान्ति सुरक्षा र अमनचैन कायम राख्न, रात्री गस्ती, कर राजश्व संकलन, सरसफाई प्रवद्र्धन, अनधिकृत व्यवसाय नियन्त्रण, सार्वजनिक सम्पदा र सम्पत्तिको सुरक्षा, छाडा जनावर व्यवस्थापन, यातायात पार्किंग व्यवस्थापन, मदिरा व्यवशाय व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गर्ने ।
-जनतामा सत्य, सकारात्मक समसामयिक सूचना तथा सन्देश प्रवाह गर्न, सामाजिक उत्पादकत्वको परिचालन गर्न र सामाजिक एकता प्रवद्र्धन गर्न स्थानीय तह आफैले एफ.एम.सञ्चालन गर्ने ।
– उपयुक्त भवन निर्माण गरी वडा कार्यालयवाट भरपर्दो सेवा प्रवाह, कर्मचारी दरवन्दी पुनरावलोकन र सेवा शर्त तयारी तथा वृत्ति विकास र क्षमता विकास योजना वनाउने ।
– स्थानीय उत्पादन विक्री गर्न कोसेलीघर स्थापना र संचालन, कृषि हाटवजार स्थापना र संचालन गर्ने र मूल्यसूची र वजारको नियमित अनुगमन गर्ने ।
– जाजरकोट दरवार, जाजरकोटी संस्कृति, जनयुद्धमा शहादत सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक विशेषता र सम्पदा संरक्षण, प्रचार प्रसार, प्रवद्र्धन र सम्वद्र्धन गर्ने ।
-समूह गतिशीलतामा विश्वास गर्ने र हरेक विषयमा विषय विज्ञ र अनुभवी व्यक्तित्वको सल्लाहमा काम गर्ने ।
समृद्धि, सामाजिक न्याय र सुशासन सुनिश्चित गर्न दीगो र समावेशी विकासका पाईलाहरुमा सफलताको अग्रिम शुभकामना सहित,
धन्यवाद ।
















































राजेन्द्र विक्रम शाह ( लेखक नागरिक समाज जाजरकोटका संयोजक हुनुहुन्छ ।) । २३ जेष्ठ २०८३, शनिबार