विश्व वातावरण दिवसमा बालबालिकालाई सुन्तलाका बिरुवा उपहार

May be an image of child, smiling, tree and grass
जाजरकोट — विश्व वातावरण दिवसको अवसर पारेर पाँचतारा युवा संरक्षक मञ्च तथा वर्ल्ड भिजन इन्टरनेशनलद्वारा सञ्चालित SIL परियोजनाले नलगाड नगरपालिकाका बालबालिकालाई सुन्तलाका बिरुवा वितरण गरेको छ।
May be an image of tree and text that says 'बृक्षारो बृक्षार्क्रम T पत्रम ότ3 जाजरकोष नलगाड नगर जाजर'
“एक बालबालिका, एक रुख” अभियान अन्तर्गत नलगाड नगरपालिका वडा नं. ४ र ६ का बालबालिकालाई सुन्तलाका बिरुवा उपहारस्वरूप प्रदान गरिएको हो। परियोजनाका बाल संरक्षण अधिकृत उमानन्द केसीका अनुसार वडा नं. ४ का २६७ जना र वडा नं. ६ का २३२ जना बालबालिकालाई सुन्तलाका बिरुवा वितरण गरिएको छ।
May be an image of tree and text that says 'upliting World Vision "Plant Trees, Plant Hope" दिवसको शतरमा एक घर एक रुखा अभिचान, बृक्षारोप ર२ SS. २०८३ जुन २०२६) विम्व बातावरण कार्यक्रम जाजरकोट সल्ेबार सरपालिका आजतकदेट n TMin A'
बालबालिकामा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने, वृक्षारोपण संस्कृतिको विकास गर्ने तथा भविष्यमा आयआर्जनमा समेत सहयोग पुग्ने उद्देश्यले बिरुवा वितरण गरिएको परियोजनाले जनाएको छ।
May be an image of child, tree and text that says '२२ जेष्ठ, २०८३ जुन, २०२६) जाजरकोट रपालिका कोट शीचतारा কुका सेरदाक जरकोट ooe SIK หรกึ is'
विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको यस कार्यक्रमले हरियाली प्रवर्द्धनसँगै बालबालिकालाई वातावरण संरक्षणको अभियानमा प्रत्यक्ष सहभागी गराउने विश्वास गरिएको छ। स्थानीय समुदायले पनि कार्यक्रमको प्रशंसा गर्दै बालबालिकाले रोपेका बिरुवाको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
May be an image of tree and text
तपाईको प्रतिक्रिया