राष्ट्रिय सहिद दिवसको अवसरमा भेरी–८ मा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

May be an image of one or more people, people studying and text

जाजरकोट । राष्ट्रिय सहिद दिवसको अवसरमा भेरी नगरपालिका–८ वडा कार्यालयको आयोजनामा पालिका स्तरीय आधारभूत तह (कक्षा ६–८) का विद्यार्थीहरूबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रम भेरी नगरपालिकाको आर्थिक सहयोग तथा पाँचतारा र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालन गरिएको हो।

प्रतियोगितामा पालिका भरिका २२ समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा भगवती माध्यमिक विद्यालय, कुडु प्रथम स्थान हासिल गर्न सफल भएको छ भने मष्टा आधारभूत विद्यालय, गिमा ले द्वितीय, लक्ष्मी माध्यमिक विद्यालय, भेरे ले तृतीय तथा त्रिभुवन माध्यमिक विद्यालय, खलङ्गा ले सान्त्वना स्थान प्राप्त गरेका छन्।

कार्यक्रमको सञ्चालन मष्टा आधारभूत विद्यालयकी शिक्षिका निर्मला डी.सी. ले गरेकी थिइन्। कार्यक्रमको अध्यक्षता भेरी नगरपालिका–८ का वडा अध्यक्ष वीर बहादुर चन्द ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश बटाला को उपस्थिति रहेको थियो।

May be an image of one or more people, people studying and text

त्यसैगरी विशेष अतिथिहरूमा त्रिभुवन माध्यमिक विद्यालय, खलङ्गाका प्रधानाध्यापक भक्त बहादुर मल्ल र सरस्वती माध्यमिक विद्यालय, पुन्माका प्रधानाध्यापक धिरेन्द्र बहादुर शाह रहनुभएको थियो। कार्यक्रममा शिक्षा अधिकृत चित्र ओली, विजय माध्यमिक विद्यालय, काफलचौरका शिक्षक कमल चन्द लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य महत्वपूर्ण व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of one or more people and text

कार्यक्रम भेरी नगरपालिका–८ वडा कार्यालयमै सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष वीर बहादुर चन्द ले विजेता तथा सहभागी सबै विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक समिति, साझेदार संस्था, अतिथि तथा सम्पूर्ण सहयोगी पक्षप्रति विशेष धन्यवाद व्यक्त गरे।

वडा अध्यक्ष चन्दले कार्यक्रम सञ्चालनका क्रममा देखिएका साना–ठूला कमजोरीप्रति आत्मालोचना गर्दै आगामी कार्यक्रमहरूमा सुधार गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया