
जाजरकोट । जिल्लाको विकास, पहुँच र पहिचानका लागि अहिले पनि शक्ति बहादुर बस्नेत अपरिहार्य नेता भएको जनस्तरबाट आवाज उठ्न थालेको छ ।
“सजिलै राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सक्ने, महत्वपूर्ण मन्त्रालय सम्हालिसकेको अनुभव भएको र दुर्गम जिल्लाबाट उदाएका नेता बस्नेत बाहेक जाजरकोटलाई केन्द्रीय तहमा मजबुत रूपमा उठाउने अर्को विकल्प छैन,” स्थानीय नागरिकहरूबाट आवाज उठ्न थालेको छ ।
राष्ट्रिय राजनीतिमा पहुँच
दुर्गम जाजरकोटमा जन्मिएर देशको गृहमन्त्री जस्तो शक्तिशाली जिम्मेवारी सम्हालेका बस्नेतलाई जिल्लाको विकासका लागि अझै आवश्यक रहेको स्थानीयको बुझाइ छ । बारेकोट गाउँपालिका २ रोकायगाउँका मानबहादुर नेपाली भन्छन्— “जाजरकोट जस्तो जिल्लाको विकास गर्न स्थानीय नेता मात्रै होइन, राष्ट्रिय तहमा आवाज बुलन्द गर्न सक्ने नेता चाहिन्छ ।”
स्थानीय अगुवाहरूको एउटै धारणा
जिल्लाका विभिन्न पालिकाका स्थानीय अगुवाहरू पनि शक्ति बस्नेतको आवश्यकतामा एकमत देखिन्छन् ।
बारेकोट गाउँपालिकाका मानबहादुर नेपाली भन्छन्, “शक्ति बस्नेतले मात्रै जाजरकोटको मुद्दा सिंहदरबारसम्म पु¥याउन सक्छन् । अरूले प्रयास गरे पनि त्यो पहुँच र प्रभाव छैन ।” जुनीचाँदे गाउँपालिकाका वेगमान बस्नेतका अनुसार—“दुर्गमको पीडा बुझेको, नीति र बजेट कसरी ल्याउने भन्ने जानेको नेता अहिले पनि शक्ति बस्नेत नै हुन् ।” त्यस्तै नलगाड नगरपालिकाका रविन्द्र खड्का भन्छन्, “दिगो विकास, पर्यटन र पूर्वाधारलाई सँगै लैजान सक्ने दृष्टि भएको नेता शक्ति बस्नेत हुन् । अहिले जाजरकोटलाई त्यही नेतृत्व चाहिएको छ ।”
दिगो विकास र पर्यटनको स्पष्ट दृष्टिकोण
ऊर्जा, सडक, शिक्षा, स्वास्थ्य र पर्यटनलाई एउटै योजनामा जोडेर हेर्ने नेता भएको उनीहरूको भनाइ छ । नलगाड हाइड्रोपावरदेखि पर्यटन मार्गसम्मका योजनाले बस्नेतको दीर्घकालीन सोच प्रस्ट पार्ने उनीहरू बताउँछन् ।
चौथो पटक सांसद बन्ने संकल्प
यही जनअपेक्षाका बीच शक्ति बहादुर बस्नेत चौथो पटक संघीय संसदमा पुग्ने संकल्प सहित चुनावी मैदानमा छन् ।
उनको भनाइ छ— “जाजरकोटको विकास अधुरो छ । सुरु गरेका योजनालाई परिणाममा पु¥याउन फेरि जिम्मेवारी चाहिएको हो।”
जाजरकोटवासीका लागि शक्ति बस्नेत केवल एक नेता होइनन्, राष्ट्रिय तहमा जिल्लाको आवाज हुन् । त्यसैले धेरैको निष्कर्ष स्पष्ट छ— “अहिले जाजरकोटका लागि शक्ति बस्नेतको विकल्प छैन, अझै आवश्यकता छ ।”
अब फेरि एकपटक निर्णय जनताकै हातमा पुगेको छ— अनुभव, पहुँच र दृष्टि बोकेको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ प्रयोग गर्ने ?
















































हाम्रो पहुँच संवाददाता । १८ माघ २०८२, शनिबार