
जाजरकोट — नेकपा (एमाले) जाजरकोटले आगामी फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीको बैठकबाट प्रतिनिधि सभा सदस्यका लागि निरज आचार्य, डम्बर सिंह, कौशिला खत्री, गणेश थापा र नारायण घर्तीको नाम सिफारिस गरिएको हो।
पार्टीका अनुसार निरज आचार्यसहित पाँच जनाको नाम आवश्यक प्रक्रिया पूरा गरी केन्द्रमा पठाइएको छ।
एमाले जाजरकोटले सिफारिस गरिएका नेताहरू पार्टी संगठन निर्माण, जनआन्दोलन, स्थानीय तहमा जनसम्पर्क र राजनीतिक गतिविधिमा लामो समयदेखि सक्रिय तथा अनुभवी रहेको जनाएको छ।
जनआकांक्षा, संगठनात्मक क्षमता र निर्वाचन जित्ने सम्भावनालाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको पार्टीको भनाइ छ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) जाजरकोटले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ।
















































हाम्रो पहुँच संवाददाता । २० पुष २०८२, आईतवार