
जाजरकोट । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले करिब तीन वर्षपछि पक्राउ गरेको छ।
प्रहरीका अनुसार छेडागाड नगरपालिका–१३, पिपलतडा निवासी भद्र बहादुर सुनारले मिति २०७९ साल वैशाख २४ गते आफ्नी श्रीमती पर्सा सुनारको हत्या गरेका थिए।
घटनापछि फरार रहेका सुनारको खोजतलासका लागि प्रहरीले निरन्तर प्रयास गर्दै आएको थियो।
खोजतलासकै क्रममा फरार अभियुक्त सुनार आफ्नै गाउँ क्षेत्रमा लुकीछिपी बसेको विशेष सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले मिति २०८२ पौष २० गते उनलाई छेडागाड नगरपालिका–१३ स्थित पिपलतडादेखि कार्कीगाउँ जाने सडक खण्डबाट पक्राउ गरेको हो।
पक्राउ परेका अभियुक्तलाई जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका व्यक्तिको विवरणः
नाम: भद्र बहादुर सुनार
ठेगाना: छेडागाड नगरपालिका–१३, पिपलडाँडा, जाजरकोट
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।
















































हाम्रो पहुँच संवाददाता । २१ पुष २०८२, सोमबार