बालबालिकामा लगानी बढाऔं, बालमैत्री अभियानमा सहभागी बनौं भन्ने मुल नाराका साथ सरकारले बालमैत्री वडा घोषण गर्दा तोकेका ५१ वटा सूचक पूरा गरी वडा घोषण गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०७५, बालमैत्री स्थानीय शासन रणनीति २०६८, बालमैत्री स्थानीय शासन घोषण कार्यविधि २०७९, नलगाड नगरपालिकाको बालमैत्री स्थानीय तह घोषण कार्यविधि २०७८ बमोजिम बालमैत्री स्थानीय शासन घोषणपछि दिगोपना ल्याउन सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन् ।
नलगाड नगरपालिका–२ का वडा अध्यक्ष पूर्णबहादुर खत्रीले बाल बचाउ, बाल संरक्षण, बालबाबालिका तथा बाल सहभागीतालाई स्थानीय सरकारको नीति कार्यक्रम अनुसार संस्थागत गरी सबै क्षेत्रको सहयोगबाट बालमैत्री वडा घोषण गरेको गर्न सफल भएको बताउनुभयो । बालमैत्री वडा घोषणपछि दिगोपानाका लागि निरन्तर जनचेतना मुलक कार्यक्रम गरिने छ । पोषणमैत्री वडा घोषणका लागि खटिएकाले केहि महिनामा सो कार्य पूरा गर्ने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योेजना मन्त्री बेदराज सिहले सङ्घियताका कारण गाउँवस्तीमा परिर्वतन आएको बताउनु भयो । पैदल हिड्नु पर्ने गाउँवस्तीमा मोटर पुगेका छन् । खानेपानीको अभाव बेहोरेका गाउँवस्तीमा खानेपानी पुगेको छ । गाउँ गाउँमा विद्यालय खुलेका छन् । यसलाई ठुलो उपलब्धिका रुपमा लिनु पर्ने बताउनु भयो ।
उहाँका अनुसार बालबालिकामा गरिने लगानीले गाउँ समाज जिल्ला देश परिवर्तन हुने भएकाले बालबालिकाको अधिकार प्रति सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । बालमैत्री वडा घोषणापछि निरन्तरता र दिगोपना गरी बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । सरकारले प्रदान गरेका सेवा सुविधाबाट बञ्चित नगरी सम्मान पूर्वक पाउने अधिकारको संरक्षणका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
सात वटा स्थानीय तहले धमाधम बालमैत्री वडा तथा बालविवाह निषेधित वडा घोषण अभियानलाई तीव्रता दिएका छन् ।

















































हाम्रो पहुँच संवाददाता । १४ पुष २०८२, सोमबार