
जाजरकोट । अनेरास्ववियु जाजरकोटका सह–संयोजक छवि रानाले आफ्नो जन्मदिन विशेष ढङ्गले मनाएका छन्।
उनले बुद्दभुमी मानव सेवा आश्रममा आश्रित अनाथ बालबालिकासँग फलफूल वितरण गर्दै जन्मदिनको खुशी बाँडेका हुन्।
ठूलाठूला होटलहरूमा हजारौँ रुपैयाँ खर्चेर केक काट्ने वा पार्टीमा लगानी गर्नु भन्दा, परिवारविहीन बालबालिकालाई अभिभावकत्वको अनुभूति दिलाउनु नै महान् कार्य हुने विश्वासका साथ उनले आश्रममै जन्मदिन मनाएको उनको सहकर्मी भीम शेर्पालीले बताए ।
बुद्धभूमि मानव सेवा आश्रममा हाल ११ जना बालबालिका आश्रित छन्। आश्रमको सञ्चालन नवीन शाहीले गरिरहेका छन् भने तीन जना कर्मचारीले सघाउँदै आएका छन्।
छवि रानाको यो कदम समाजका अन्य युवाहरूलाई पनि उदाहरणीय प्रेरणा दिने खालको रहेको छ।
















































हाम्रो पहुँच संवाददाता । ६ भाद्र २०८२, शुक्रबार