
जाजरकोट — जंगली च्याउ खाँदा जाजरकोटमा ११ जना बिरामी परेका छन्।
भेरी नगरपालिका–४ का स्थानीयले जंगलबाट ल्याइएको च्याउ पकाई खाँदा उनीहरू बिरामी बनेका हुन्।
बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ। अस्पतालका सूचना अधिकारी कृष्ण खत्रीका अनुसार सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य छ।
“उपचारपछि आजै डिस्चार्ज हुने सम्भावना छ,” खत्रीले जानकारी दिए।
यस्ता जंगली च्याउ खाँदा बेला–बेला स्वास्थ्य समस्या देखिने गरेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।
















































हाम्रो पहुँच संवाददाता । ६ भाद्र २०८२, शुक्रबार