✅ सारांश
-
यो लेख जातीयता, पहिचान, फासीवाद, र ऐतिहासिक अन्यायको विषयमा केन्द्रित छ। जात–जातिको वर्गीकरणलाई जातीयवादको रुपमा व्याख्या गर्दै, आफ्नो जात, धर्म वा राष्ट्रलाई अरूभन्दा श्रेष्ठ ठान्ने सोचलाई फासीवादी मानसिकता भनेर चिनाइएको छ। नेपालको सन्दर्भमा पहाडी, मधेशी, गोर्खा, आदि शब्दहरूको दुरुपयोग र एक अर्काप्रति भएको पूर्वाग्रही व्यवहार नव–फासीवादी प्रवृत्तिको उदाहरणका रूपमा देखाइएको छ।
-
लेखमा बहु–पहिचानको सह–अस्तित्वका लागि एक अर्कालाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने, ऐतिहासिक अन्यायलाई औपचारिक रूपमा स्वीकार्नुपर्ने, सम्भव भएसम्म क्षतिपूर्ति दिनुपर्ने र माफी माग्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली भाषालाई अरू भाषामाथि थोपार्ने वा एकलाई श्रेष्ठ देखाउने कार्य भाषावाद भएको र त्यसले पनि जातीय तथा भाषिक असमानता बढाउने उल्लेख गरिएको छ।
-
लेखले नेपालको जातीय पदानुक्रमलाई असंवैधानिक र अमानवीय ठहर गर्दै यस्तो व्यवस्थाको अन्त्य नभएसम्म मानवता र लोकतन्त्र अधुरो हुने निष्कर्ष प्रस्तुत गर्छ। नयाँ, दिगो र समानतामूलक समाज निर्माणका लागि सबै किसिमका विभेदकारी संरचनाको अन्त्य अपरिहार्य रहेको सन्देश लेखको मूल मर्म हो।

-
जात–जातिको वर्गीकरण गर्नु जातीयवाद थियो र यथावत छ । आफ्नो जात, धर्म, राष्ट्र र संस्कृतिलाई अरुभन्दा श्रेष्ठ मान्नु फासीवाद हो । जातीयवादको ऐतिहासिक अन्यायलाई स्वीकार नगर्ने र अन्यायका लागि माफी नमाग्ने व्यवहार सबैभन्दा अमानवीय कुरूप प्रवृत्ति हो ।
नेपालका केही क्षेत्रीय पहिचानवादी लेखकहरूले पहाडी शब्दको विरुद्धमा ‘मधेशी’ र तराई शब्दको विरुद्धमा ‘गोर्खा’ शब्दलाई लगातार दुरुपयोग गरेको देखिन्छ ।
पहाडका व्यक्तिले मधेशका व्यक्तिलाई मधेशी मात्रै सोच्ने र मधेशकाले पहाडकालाई पहाडी मात्रै देख्ने प्रवृत्ति नव फासिस्ट प्रवृत्ति हो । त्यस्तै गरी एक जातका व्यक्तिले अर्को जातका व्यक्तिलाई जातका दृष्टिले मात्र हेर्नु पनि नव फासिस्ट मनोवृत्ति र प्रवृत्ति हो ।
आपसी भिन्नता र समानतालाई एकसाथ विचार नगरी अर्काको पहिचान विरुद्धमा आफ्नो पहिचान मात्र खोज्नु) पनि फासिस्ट प्रवृत्ति हो । बहु पहिचानको अर्थ एकले अर्कोलाई कुनै न कुनै प्रकारको वर्गीकरण राख्नुपर्छ भन्ने होइन । एउटा भाषालाई अर्को भाषामा थोपार्नु भाषावाद हो जुन जातिवाद र फासीवादको हिस्सा पनि हो ।
नेपाली भाषालाई अन्य भाषाको विरुद्धमा खडा गर्नु पनि फासीवाद हो । नेपालका रुढीवादी बौद्धिकहरु जातीय प्रणालीको पदानुक्रमलाई जायज ठान्छन् । एक्काइसाैं शताब्दीमा योभन्दा अमानवीय विचार के हुनसक्छ ? अर्काथरी बौद्धिक जसले वर्तमान समयलाई वैश्ययुग’ भनी नश्लवादलाई प्रोत्साहित गर्दै विभिन्न त्तमुदायको अपमान गरिरहेका छन् ।
परम्परावादी बुद्धिजीवीहरु ऐतिहासिक अन्याय स्वीकार गर्दैनन् । संविधानले नागरिकलाई जातिको पदानुक्रममा वर्गीकृत गरेको छ । यो संवैधानिकताको आधारभूत सिद्धान्तविरूद्ध छ । यो बौद्धिक वर्गको सबैभन्दा ठूलो अज्ञानताको प्रतिबिम्ब हो । जातीय आधारमा मानवलाई वर्गीकृत गर्ने कुप्रथालाई पुनःजीवित गर्नु मानववादविरूद्ध हुन्छ ।
सह–अस्तित्वका लागि साझा ठाउँ खोज्न ऐतिहासिक सामाजिक अन्यायहरुलाई आधिकारिक रुपमा स्वीकार गर्नुपर्छ । ऐतिहासिक हानिको क्षतिपूर्ति जहाँ सम्भव छ त्यसको पूर्ति गर्नुपर्छ । ऐतिहासिक सामाजिक अन्याय बारेमा माफी माग्नुपर्छ । ऐतिहासिक अन्यायको सामना गर्न पुरानो व्यवस्था दोहोरÞ्याउनु हुँदैन । दिगो समाजका लागि जात र जातीय व्यवस्थाको अन्त्य गर्नु नितान्त आवश्यक छ । यो संवैधानिकताको आधारभूत सिद्धान्तविरूद्ध छ ।
यो बौद्धिक वर्गको सबैभन्दा ठूलो अज्ञानताको प्रतिबिम्ब हो । जातीय आधारमा मानवलाई वर्गीकृत गर्ने कुप्रथालाई पुनःजीवित गर्नु मानववादविरूद्ध हुन्छ । सह–अस्तित्वका लागि साझा ठाउँ खोज्न ऐतिहासिक सामाजिक अन्यायहरुलाई आधिकारिकरुपमा स्वीकार गर्नुपर्छ । ऐतिहासिक हानिको क्षतिपूर्ति जहाँ सम्भव छ त्यसको पूर्ति गर्नुपर्छ । र ऐतिहासिक सामाजिक अन्याय बारेमा माफी माग्नुपर्छ । ऐतिहासिक अन्यायको सामना गर्न पुरानो व्यवस्था दोहोरÞ्याउनु हुँदैन । दिगो समाजका लागि जात र जातीय व्यवस्थाको अन्त्य गर्नु नितान्त आवश्यक छ ।
















































प्रेम वली ( लेखक सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउछन् ।) । २९ जेष्ठ २०८२, बुधबार