
खलंगा । नलगाड नगरपालिका–५ स्थित कालीमाटी बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा संयूक्त बजार अनुगमन गरिएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा गरिएको अनुगमन टोलीले म्याद गुज्रेका तथा गुणस्तरहीन वस्तुहरू बिक्री वितरणमा रहेको पाइएपछि करिब २५ हजार रुपैयाँ बराबरका खाद्य सामग्री नष्ट गरिएको कार्यालय प्रमुख थीरकुमार न्यौपानेले जानकारी दिए ।
अनुगमनमा कार्यालयका प्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय,नलगाड नगरपालिका, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय र पत्रकारहरू समेतको सहभागिता रहेको थियो ।

कालीमाटी बजारका दर्जनभन्दा बढी किराना पसल र खाद्य सामग्री बेच्ने स्थानहरूको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा बेकामे खाद्य वस्तु, खुलेआम राखिएको खाद्य सामग्री, मूल्य सूची नराखिएका पसल, सरफाइमा लापरबाही लगायतका समस्या देखिएको न्यौपानेले बताए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख थीर कुमार न्यौपानले उपभोक्ताको स्वास्थ्य तथा हकहितका लागि अनुगमनलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए ।
उपभोक्ताहरूलाई म्याद हेरी सामान किन्न र व्यापारीहरूलाई उपभोक्ता संरक्षण ऐनको पालना गर्न आग्रह गरिएको छ ।
















































हाम्रो पहुँच संवाददाता । ३० जेष्ठ २०८२, बिहीबार