३२औं मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले जाजरकोटद्वारा कैदीबन्दीलाई फलफूल वितरण

May be an image of 6 people and text
जाजरकोट — नेकपा एमाले जिल्ला कमिटी जाजरकोटले ३२औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जाजरकोट जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूलाई फलफूल वितरण गरेको छ।

कार्यक्रमका क्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला अध्यक्ष भैरव सुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य डम्बर बहादुर सिंहसहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा निमित्त कार्यालय प्रमुख लक्ष्मण न्यौपाने र जिल्ला कारागारका नाइके फणिन्द्र सुनारलाई फलफूल हस्तान्तरण गरेका हुन्।

May be an image of 14 people and text

कार्यक्रमको उद्देश्य समाजको सबै वर्गलाई समेट्ने तथा मदन भण्डारी र जीवराज आश्रितजस्ता नेताहरूको योगदान सम्झनु रहेको नेकपा एमाले जाजरकोटले जनाएको छ।

२०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको रहस्यमय गाडी दुर्घटनामा मृत्यु भएको थियो। त्यसैको स्मृतिमा प्रत्येक वर्ष नेकपा एमालेले स्मृति दिवस मनाउँदै आएको छ।

May be an image of 16 people

तपाईको प्रतिक्रिया