
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–५ ढिमेमा शनिवार (आज) पहिलो पटक बिजुली बत्ती बलेको छ । स्थानीय बासिन्दाहरूको लामो प्रतीक्षापछि शनिबारको दिन ढिमेमा बिजुलीको उद्घाटन गरिएको हो ।
विगत ७ वर्षअघि नै ढिमे र आसपासका बस्तीहरूमा पोल र तार जडान गरिए पनि अहिलेसम्म बत्ती बाल्ने सम्भावना थिएन । कुशे–५ पाचकाटिया नोलाइट सेवा प्रमुख बबि कार्कीका अनुसार दम्दाला देखि ढिमेसम्म लाइन विस्तार गरी बत्ती बाल्न सफल भएको हो ।
ढिमेका स्थानीयले कुनै सरकारी वा संस्थागत सहयोग नपाउँदा पनि व्यक्तिगत खर्चमा मजदुर तथा सामग्रीको व्यवस्थापन गर्दै लाइन विस्तार कार्य सम्पन्न गरेका हुन् । “लेबर खर्च तिर्ने अवस्था थिएन, तर गाउँमा उज्यालो ल्याउने सपना बोकेर स्थानीय आफैँले खर्च व्यवस्थापन गरेर काम अघि बढाएँ,” स्थानीय जनक चन्दले भने ।
स्थानीयहरू गाउँमा वत्ती पुगेपछि हर्षित छन् । ढिमे बासिन्दा चन्दले भने, “हामीले झण्डै एक दशकपछि घरआँगनमा उज्यालो देख्यौँ, अब हाम्रो जीवनशैली परिवर्तन हुनेछ ।”
















































हाम्रो पहुँच संवाददाता । ४ जेष्ठ २०८२, शनिबार