नेकपा एमाले निकट खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा निरज राना


जाजरकोट । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा निरज राना सर्वसम्मत चयन भएका छन् ।
बुधबार सदरमुकाम खलंगामा भएको महासंघको पहिलो अधिवेशनबाट राना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । १७ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसहमत चयन गरिएको छ ।

उपाध्यक्षमा प्रकाश घर्ति मगर र दिलिप वि.सी. चयन भएका छन् । यस्तै, सचिवमा धुर्वराज रोकाय, उपसचिवमा अम्मर बहादुर बुढा, कोषाध्यक्षमा सपना विक चयन भएका छन् । सदस्यहरूमा सपना गिरी, सिमान्त रोकाय, विपना वि.क., गणेश सिंह, मेलिना वली, राजेश वि.क., भरत वि.क., चन्दा विष्ट र विकास विक छन् ।

लोकेन्द्र सिंहको अध्यक्षता तथा महासंघका केन्द्रिय उपाध्यक्ष नन्दा वस्यालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं जाजरकोट इन्चार्ज भैरव सुन्दर श्रेष्ठको विशिष्ट आतिथ्यता तथा केन्द्रीय सदस्य द्धय निरज आचार्य र डम्बर बहादुर सिंहको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रमा सम्बोधन गर्दै प्रमुख अतिथि वस्यालले अधिवेशन उद्घाटन गर्दै भने, “खेलकुद क्षेत्रलाई संगठित, सबल र सक्रिय बनाउन स्थानीय तहबाटै नेतृत्व उत्पादन हुनु आवश्यक छ । निरज रानाको नेतृत्वमा नयाँ समिति जिल्लामा खेल गतिविधिमा सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

तपाईको प्रतिक्रिया