![]()
file photo
लिम्सा । बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगको प्रकोपले दुई सयभन्दा बढी भेडा मरेका छन् । भेडा एकपछि अर्को गर्दै मर्न थालेपछि किसान चिन्तित र निराश बनेका छन् । रोग पत्ता नलाग्दा उपचार सम्भव नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । वडाध्यक्ष रामबहादुर सिंहका अनुसार उपचारमा स्थानीय पशु स्वास्थ्यकर्मीहरु खटिएका छन् ।
‘पखाला लाग्ने र धमाधम मर्ने गर्छन्, अहिले हामी जनप्रतिनिधी र स्थानीय पशु स्वास्थ्यकर्मी उपचारमा खटिएका छौं, उनले भने, ‘तर मर्ने दर भने रोकिएको छैन्, अधिकांश किसानका भेडा मरेका छन् ।’
‘कुन रोगले भेडा मरिरहेका छन्, केही थाहा नै छैन, उनले थपे, ‘रिपोर्ट सुर्खेत पठाएका छौं, रिपोर्ट नआउन्जेल सम्म उपचार सम्भव हुने देखिदैन् ।’ स्थानीय पशु स्वास्थ्यकर्मीहरु खटिएपनि विशेषज्ञ सहितको टोली नहुँदा उपचारमा समस्या भईरहेको छ । यता, जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले खासै चासो दिएको देखिदैन् ।
कार्यालयका प्रमुख कपिल उपाध्यायले भेडाको स्वाव, रगत, आद्राको भाग सुर्खेत ल्यावमा पठाएको बताए । ‘हामीले स्वाव संकलन गरी सुर्खेत पठाएका छौं’, उनले भने, ‘त्यहाँ नभएर काठमाडौं प्रयोगशालामा पठाएको जानकारी आएको छ, खासमा के भएर मरिरहेका छन्, भन्न सकिने अवस्था छैन् ।’
रिपोर्ट नआउन्जेल कसरी कुन रोगको उपचार गर्ने भन्ने समस्या भएको प्रमुख उपाध्यायले जानकारी दिए । उपचारमा खटिएका एक पशु स्वास्थ्यकर्मीले भने, ‘यहाँ पर्याप्त औषधी पनि छैन्, जिल्ला बाट खासै चासो दिएको देखिदैन्, हामीले मात्रै उपचार सम्भव पनि छैन् ।’
पशु अस्पताल तथा पशु सेवा कार्यालयले केही दिन अघि डाक्टर सहितको टोली पठाएर स्वाव संकलन गरेपनि त्यसपछि जनशक्ति खटाएको देखिदैन् । भेडा मर्न थालेपछि किसानहरूमा निराशा छाएको छ । कृषिमा निर्भर स्थानीय किसानका लागि भेडा आम्दानीको मुख्य स्रोत हो । सयौँको संख्यामा भेडा मरेपछि उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ । “केही गर्न नसकेर हेरिरहनुपरेको अवस्था छ,“ एक किसानले भने, “सरकारले चाँडै कदम चाल्नुपर्छ ।”
जनशक्ति र औषधीको अभाव
उपचारमा खटिएका स्थानीय पशु स्वास्थ्यकर्मीहरूले जनशक्ति र औषधीको चरम अभावमा काम गर्नुपरेको बताएका छन् । एक स्वास्थ्यकर्मीले भने, “यहाँ पर्याप्त औषधी छैन, हामी मात्रैले केही गर्न सक्दैनौं, जिल्ला कार्यालयले खासै चासो दिएको छैन ।“
रिपोर्टको पर्खाइ, उपचार अन्योलमा
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल उपाध्यायका अनुसार भेडाको स्वाव, रगत र संक्रमित भागको नमुना सुर्खेत ल्याबमा पठाइएको छ । “सुर्खेतमा परीक्षण सम्भव नभएपछि काठमाडौं पठाइएको जानकारी आएको छ,“उपाध्यायले भने, “जबसम्म रिपोर्ट आउँदैन, उपचारको लागि काम गर्न सकिँदैन ।“
जिल्लामै ल्याब छैन, विशेषज्ञ छैनन्
जिल्लामा पशु रोग परीक्षणका लागि प्रयोगशाला नै नभएको कारणले रोगको पहिचान र नियन्त्रणमा ढिलाई भएको छ । विशेषज्ञ टोलीको अभावमा उपचार प्रभावकारी हुन सकेको छैन । केही दिनअघि मात्र डाक्टरसहितको टोलीले नमुना संकलन गरेपनि त्यसपछि थप जनशक्ति खटाइएको छैन ।
















































हाम्रो पहुँच संवाददाता । १८ बैशाख २०८२, बिहीबार