
जाजरकोट । छेडागाड नगरपालिकाले गोरेटो बाटो मर्मत गरी श्रमिक दिवस मनाएको छ । नगरपालिकाको वडा नं–१२ स्थित मनघाटको प्रशासनिक केन्द्र आउजाउ गर्ने बाटो मर्मत गरी १३६ औँ श्रमिक दिवस मनाएको हो ।
श्रमको सम्मान राष्ट्रको अभियानअन्तर्गत सामाजिक न्याय, मर्यादित काम भन्ने मुल नाराका साथ सर्व साधारण तथा सरोकारवाला निकायले बाटो मर्मत गरी श्रमिक दिवस मनाएका हुन् ।
छेडागाड नगरपालिकाअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक धनबहादुर रावतका अनुसार प्रशासनिक केन्द्र आउजाउ गर्ने ग्लोवन आईएमि बैङ्कमा सर्व साधारणलाई आउजाउ गर्न खोलामा समस्या भएपछि श्रम दिवसको अवसरमा करिव ८० जना सर्व साधारणले बाटो मर्मत तथा खोलामा ग्याविन लगाउने काम गरेको बताए ।
छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खडकाले श्रमिक दिवसले श्रम गरी विहान बेलुकाको छाक टार्ने सर्व साधारणको श्रमको सम्मान गर्न सक्नु पर्ने वातावरणको सुनिश्चित हुनुपर्ने बताए । श्रम रोजगारी गरी जिविकोपार्जन गर्ने जनताको श्रमको उचित सम्मान गर्न आग्रह गरे । स्थानीय र प्रशासनिक कामको सिलसिलामा गाउँवस्तीबाट आएका सर्वसाधारणलाई बाटो अप्ठ्यारो हुदाँ आउजाउमा समस्य भएकाले श्रम दिवसका दिन बाटो मर्मतको कामले सर्व साधारणलाई सहज हुने बताए ।
उनका अनुसार श्रमको सम्मान गरी मर्यादित बनाउने सरोकारवाला निकाय, सर्व साधारणले पहल गर्नुपर्ने भनाइ छ । श्रम रोजगारीलाई निरन्तरता दिन श्रमिकको सम्मान गर्न सवैलाई आग्रह गरे ।
















































हाम्रो पहुँच संवाददाता । १८ बैशाख २०८२, बिहीबार