
जाजरकोट । भेरी नगरपालिकामा लगाईएको ताला खोल्ने निर्णय भएको छ । विहीबार (आज) जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नगरपालिकामा लगाईएको ताला खोल्ने निर्णय गरेको हो । तालाबन्दी गर्दा उठाईएका मागहरुलाई विषयगत समितिमा आपसी समन्वय गर्दै जाने र सहमति नभएका आवश्यक विषयहरुलाई कार्यपालिका बाट निर्णय गर्ने सहमति गरिएको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ ।
भेरीमा ताला प्रकरण : नगरप्रमुख र वडाध्यक्षहरुको आ—आफ्नै अडान, अन्यौलमा सेवा प्रवाह ( भिडियाे सहित)

भोली बाट नियमित सेवाप्रवाह गरिने नगरपालिकाले जनाएको छ । सर्वपक्षीय बैठकमा कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंह, भेरी नगरपालिकामा नगरप्रमुख चन्द्रप्रकाश घर्ती, उपप्रमुख सीता जैसी, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, प्रमुख सेनानी चन्दननाथ गण, प्रहरी प्रमुख पुरुषोतम पाण्डे, सशस्त्र प्रहरी वल आश्रित गुल्म जाजरकोटका प्रमुख लालबहादुर चन्दको उपस्थिति रहेको थियो ।
भेरी नगरपालिकामा तालाबन्दी, सेवाप्रवाह ठप्प, सेवाग्राहीलाई सास्ती
हेर्नुहोस् निर्णयहरु


भेरी नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी, गैरकानुनी काम नगर्न नगरप्रमुखको निर्देशन
















































हाम्रो पहुँच संवाददाता । १८ पुष २०८१, बिहीबार