कोरोना संक्रमित भनेका रुकुम पश्चिमका एकजनाको नेगेटिभ रिपोर्ट

सुनिल बि क रुकुम पश्चिम रुकुम पश्चिमका एक व्यक्तिको रिपाेर्ट नेगेटिभ देखिएको छ । जिल्लाको आठविसकोट नगरपालिका २ पहाडा घर भएका २० वर्षीय युवामा कोरानो भाइरस कोभिट १९ को संक्रमन नभएको आज पुष्टि भएको हो ।

ति युवा गत ६ गत्ते केरलाबाट रुकुम आई पुगेका थिए । भारतको केरलाबाट आएको हुदा ट्राभल हिस्टोरी मिल्ने र कोरोना भाइरस जस्तो मिल्दोजुल्दो केही लक्षण देखिएर अस्पतालको सम्पर्कमा आएका ति व्यक्तिको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाइले बताउनुभयो ।

उहाँका अनुसार हाल मुसिकोट बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । १४ दिन सम्म अनिवार्य क्वारेन्टाइन्मा बस्नु पर्ने भएकाले चार दिन सम्म उनलाई क्वारेन्टाइनमा राखिने डा. चौलागाइँले जानकारी दिनुभयो ।

१२ गत्ते उनको स्वाव संकलन गरी परिक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु काठमान्डौँमा पठाइएको थियो । उनि बाहेक जिल्लाबाट अरु कसैको स्वाब परिक्षणका लागि नपठाइएको र आइशुलेसन वा स्वास्थ्य संस्थामा कोरोनाको लक्षण मिल्ने बिरामी भर्ना नभएको उहाँले बताउनुभयो ।

यसैविच भारत लगायतका बिभिन्न देशबाट जिल्ला आएका जम्मा २१ जनालाई क्वारेन्टाइनमा राखिएको छ उनिहरू सबैको स्वास्थ अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताउनुभयो । रुकुममा कोरोना भाइरस छैन र अब आउदैन भनेर लापर्वाही नगर्न भने सबै नागरिकहरुलाई आग्रह गरिएको उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनले लगाएको निषेधाज्ञा अबज्ञा नगरी सुरक्षीत रहन सबै नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।।

तपाईको प्रतिक्रिया