जुनीचाँदेमा राखियाे ३७ जनालाई क्वारेनटाईनमा, घरघरमा सावुन वितरण देखि प्रचारप्रसार तीव्र

Image may contain: Resham Bahadur Khadka, standing, mountain, sky, grass, outdoor and nature

जाजरकोट   ।  भारत तथा अन्य मुलुकबाट आएका ३७ जनालाई जुनिचाँदे गाउँपालिकाले विद्यालयमा क्वाराईनटानईनमा अाइतबार राखिएकाे   छ । गाउँपालिका भरी विदेशबाट आएकाहरुको लागत संकलन कार्य सकाएर सवैलाई विद्यालयमा क्वाराईन्टाईनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । वडा १ मा २ जना , २ मा ६ जना , ३ मा ६ जना , ५ मा २ जना , ६ मा ९ जना , ८ मा १ जना , ९ मा ५ जना र ११ मा ५ जनालाई ११ वटा विद्यालयमा बनाएको क्वारेन्टाईनमा राखिएको छ । क्वारेन्टाईनमा बसेका सवैको खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने उनकाे भनाई छ । ३४ जना भारतबाट र ३ जना अन्य मुलुकबाट आएको जानकारी प्राप्त भएको छ । वडा ११ का ३ जना अन्य मुलुकबाट आएका हुन् ।

प्रत्येक घरमा सावुन व्यवस्था गदै

कोरोना भाईरस (कोभिड –१९) बाट जोगिन र जोगाउनका लागि जुनिचाँदे गाउँपालिकाका सवै नागरिकलाई सावुन बाड्न लागिएको छ । गाउँपालिकामा अाइतबार वसेको वैठकले सवै नागरिकको घरमा सावुन पुर्याउने निर्णय गरेको छ । सावुन , पानीले हात धुनका लागि सजिलो होस भनि गाउँपालिकाको वैठकबाट यो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । त्यस्तै तत्काल एम्वुलेन्स खरिद गर्ने निर्णय भएको अधिकृत शाहीले बताए ।

गाउँपालिका भित्र काम गर्ने स्वास्थ्यकर्मीहरु विना स्रोत र साधन काम गरिरहेकोले सो समस्य समाधान गर्न प्रदेश र संघीय सरकारसँग सम्पर्क बढाउने बताएको छ । जिल्लाको अति दुर्गम क्षेत्रमा पर्ने जुनिचाँदे गाउँपालिकामा अहिले दुई ठाउँमा मात्र सहायता कक्ष स्थापना भएकोले सवै ठाउँमा तत्काल स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने उनले जानकारी दिए। पैसा भएर पनि साधन नपाएको भन्दै शाहीले भने , “ अव यूद्ध स्तरमा काम हुन्छ , हामीसँग भएको स्रोत साधनबाट तत्काल काम चलाउनु पर्ने बाध्यता छ । कोही पनि यो समस्यको घडीमा नआतिर काम गर्न समेत आग्रह गर्दछु । ”

तपाईको प्रतिक्रिया