सल्यानमा एक किराना पसलमा आगलागी: ५ जना घाइते

Files Pc

सल्यान । सल्यानमा एक किराना पसलमा आगलागी हुदा ५ जना घाइते भएका छ्न । गए राती जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको ३ कोठे १ तले टिनले छुवाएको कच्ची घरको किराना पसल रहको कोठामा एक्कासि आगलागी हुँदा उक्त पसलमा बसिरहेका ५ जना घाइते भएका छ्न ।

आगलागिमा परि गम्भीर घाइते हुनेहरुमा पसल साहु २४ बर्षीय शंकर राना,सोही ठाउँका २६ बर्षीय यज्ञ राना,२१ बर्षीय जीवन राना,(शरिरको सम्पुर्ण भाग जलेको अबस्था बोल्न नसक्ने )१८ बर्षीय क्षेत्रमणी राना ( हात र अनुहारमा जलेको अबस्था बोल्न सक्ने।) र २० बर्षीय संजिब शाह (शरिरको सम्पुर्ण भाग जलेको अबस्था बोल्न नसक्ने अबस्थामा रहेको र घाइते मध्य क्षेत्रमणी बाहेक अन्य ४ जनाको अबस्था घम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइतेहरुको उपचारको लागी मिशन अस्पताल चौरजहारी रुकुम (पश्चिम )लगिएको त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागी कोहलपुर मेडिकल कलेज बाके रिफर गरिएको बताइएको छ ।

अझै उक्त आगलागी घटनाको कारण खुल्न नसकेको, किराना पसलको सम्पुर्ण समान जलेर नस्ट भएको, क्षतिको पुर्ण बिवरण आउन बाँकी रहेको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया