
एजेन्सी : कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालको छिमेकी भारतीय राज्य बिहारमा एकसतालाई ‘लकडाउन’ गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आगामी ३१ मार्चसम्मका लागि लक डाउनको निर्णय लिइएको हो।
समाचार अनुसार यो लक डाउन बिहारका सबै जिल्लाका सदरमुकाम, सबै नगरपालिका क्षेत्र, सबै सहर र सबै साना क्षेत्रका सदरमुकाममा लागु हुनेछ। बिहारका मुख्यमन्त्री नीतिश कुमारले यस्तो घोषणा गरेका हुन्।
उनले राज्यमा आपतकालीन सेवाबाहेक अरु सबै बन्द गरिने पनि घोषणा गरे। बिहार राज्यमा अहिलेसम्म कोरोना भाइरसका तीनजना बिरामी भेटिएका छन्। जसमा दुईको उपचार भइरहेको छ भने एकको ज्यान गएको छ।
















































। ९ चैत्र २०७६, आईतवार